Pages

मुक्कुमलुङको संघर्ष


ताप्लेजुङको प्रसिद्ध मुन्धुमी तिर्थस्थल मुक्कुमलुङ युमा माङ्हिम स्थलमा बिकासको नाममा केहि मुट्ठीभर भ्रष्ट, कमिसनखोर, नाफाखोर, माफिया, भु-माफिया र दलाल पुजीपति वर्गबाट बिकासको नाममा अतिक्रमण हुँदैछ ।

मुक्कुमलुङमा केवलकार निर्माणको लागि जग्गा खरिद प्रक्रियामै ठुलो भ्रष्टाचार भएको देखिन्छ । जसमा ७,२०,००० रुपैयाँमा जग्गा खरिद गरि २९,८५,००,००० रुपैयाँमा बिक्री गराई जम्मा २९,७७,८०,००० रुपैयाँ भ्रष्टाचार भएको देखिन्छ । 

धार्मिक तथा सास्कृतिक उपनिवेशकारी र दलाल पुजीपति वर्गहरुले मुक्कुमलुङलाई उनीहरुको निजी व्यक्तिगत व्यापारी केन्द्र बनाउदै छन् । जसको लागि केहि स्थानीय युमावादी लिम्बु तथा याक्थुङ युमा साम्योका दलालहरुलाई आर्थिक लेनदेनको प्रलोभनमा पारि परिचालन गराइएको देखिन्छ । त्यसैले मुक्कुमलुङको अस्तित्व र पहिचान रक्षा गर्नको निमित्त सबै बिद्रोहमा होमिनु पर्ने अवस्था आएको छ । सायद अब केवलकारका दलाल पुजीपति वर्गको स्वार्थ अनुसार, स्थानीय लिम्बु-लिम्बु/दाजुभाइहरु बिचमै मारामार र काटाकाट हुने निश्चित देखिन्छ ।