प्रकाशित मिति २०७३/०१/२९
“सिङ्गो
पार्टी, नेतृत्व पंत्तिमा देखापर्ने अराजक व्यक्तिवादी चिन्तन र कार्यशैली तथा
नेतृत्वको गलत प्रवृत्तिको बिरुद्दमा दृढतापुर्वक सङ्घर्ष चलाउन आवश्यक हुन्छ /” - डम्मर लाबुङ
नेपालको पूर्वी क्षेत्रमा क्रियाशील लिम्बुवान
पार्टीहरु बीच ऐतिहासिक एकीकरणको अवधिदेखि अहिलेसम्म संघीय लिम्बुवान पार्टी “नेपाल”
भित्र अघोषित रुपमा कहिले मन्द र कहिले तिब्र गतिमा आन्तरिक सघर्ष चल्दै आएको छ / एकीकरणको
तयारी प्रक्रिया देखि नै पार्टीमा सांगाठानिक क्षेत्र र नेतृत्वको प्रश्नमा कुमार
लिंङदेन पक्ष र अन्य सम्पूर्ण नेताहरु बीच प्रत्यक्ष र परोक्षरुपमा आन्तरिक विवाद चलेको
थियो / केन्द्रिय नेताहरु बीच भएको अन्तरिक व्यक्तिगत स्वार्थ अनुसारको शक्ति
सघर्ष र गुटबन्दीको प्रभाव तल्लो स्थरको कार्यकर्ता र आम जन-समर्थकहरुसम्म असर
देखा परेको छ / अहिले लिम्बुवान पार्टीको आन्तरिक मुख्य विवाद र समस्याहरु मध्ये
नेतृत्वको गलत र अराजक गतिविधि प्रति असन्तुष्ट तथा आक्रोस नै हो / अहिले पार्टीमा विचार-दर्शन र सिद्धान्त-पद्दति
भन्दा व्यक्त्ति-नेता केन्द्रित राजनीतिले ठुलो असर पुर्याएको देखिन्छ /
पार्टीको दुई विवादित बिधान प्रकरण देखि
इलामको सचिवालय बैठकसम्म आइपुग्दा जिम्मेवार नेताहरु बीचमा उत्पन्न आशंका र अन्तर संघर्ष
उत्कर्षमा पुग्यो / त्यसको केहि समय पछि पुरै अन्तर संघर्ष सार्वजनिक भएर छताछुल्ल
हुन् पुग्यो / औपचारिक अर्थमा नभए पनि वस्तुत: पार्टी फुटको संघारमा पुगेको कुरा
स्वाभाविक रुपले सबैतिर महशुस गरायो / भित्र, बाहिर एक अर्कालाई नङग्याउन कसैले
कुनै सिमा पालन गर्ने स्थिति नै रहेन / अन्तर संघर्ष पार्टीको नियन्त्रण बाहिर
गएको भन सबैतिर हुन् पुग्यो / पार्टी भित्रको उक्त्त स्थितिले गर्दा पार्टी
फुटाउने आफ्नो रणनीति र कार्यनीति सफल हुदै जादा तिनीहरु (लिंङदेन पक्ष) बीचमा
खुशीको लहर नै चलेको बुझियो, अर्कोतिर पार्टीको क्रान्तिकारी तथा पार्टीको बिधान,
प्रक्रिया, सिद्दान्त-पद्दतिमा अडिक दुइतिहाइ नेता-कार्यकर्ताहरुमा गम्भीर पिडा र
चिन्त्ता देखा पर्यो / यसरी पार्टीमा अराजक गतिविधी गरि पार्टी पुन: फुटाउन सड्यन्त्र
गर्ने पक्ष र पार्टी एकतामा अडिक पक्षधरहरु बीच दुई कित्तामा दुश्मन र मित्रको
स्पष्ट विभाजन देखा पर्यो / त्यसैले पार्टीमा अत्यन्तै गलत र अवसरवादी ढंगले अन्तर
संघर्ष संचालन भइरहेको छ / विचार राजनीतिमा केन्द्रित हुनुको सट्टा व्यक्त्ति र
गुटमा केन्द्रित, एकको बिरुद्द अर्कोलाई प्रयोग गर्ने अराजक गतिविधि हुदै आएको छ /
पार्टीलाई पुन: फुटाउने वर्ग दुश्मनका तमाम षड्यन्त्रलाई पराजित गरि संघीय आन्दोलनको
समग्र हितलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकतालाई सस्थागत गरि आन्दोलनलाई
अग्रगति दिने काममा बिशेष जोड दिन आवश्यक देखिन्छ / यसलाई सुदृढ गरेर नयाँ उचाइमा
उठाउन भने केन्द्रिय समिति र सिङ्गो पार्टीले मेहनत गर्न जरुरी छ / अन्तर संघर्षको
बिगतका घटनाक्रमको समग्र समिक्षा र त्यसका आधारमा समुचित बैचारिक सश्लेषण आगामी
महाधिवेशनको दौरानमा गर्न उपयुक्त्त हुनेछ / पार्टी भित्र बिशेष चर्चाको बिषय रहने
गरेको नेतृत्व केन्द्रीकरणको प्रश्न त्यसैको एउटा मुर्त प्रश्न हो / यी बिषयमा
देखा परेको दक्षिणपन्थी संकीर्ण जडसुत्रीय संशोधनवादी र यथास्थितिवादी विचलनका
बिरुद्द तिब्र र भीषण संघर्ष चलाउदै अघि बढ्न आवश्यक देखिन्छ / पार्टीको अन्तर
संघर्ष बारेमा फ्रेडरिक एंगेल्सले यसरी भन्नु भएको छ “सर्वहारावर्गको
विकास जहाँकहिँ पनि आन्तरिक संघर्षको बीचबाट नै अगाडी बढ्छ / जस्तो कि मार्क्स र म
आफैले पनि अरु कसैसँग भन्दा बढी नक्कली समाजवादीहरु बिरुद्द जीवनमा कठोर लडाई
लडेका थियौं” – फ्रेडरिक एंगेल्स
पार्टी एकीकरण पश्चात पार्टी सङ्क्रमणकालीन
अवस्थामा गुज्रिएको छ यस गम्भीर मोडमा पार्टीलाई सस्थाग गरि जाने कि, पुन: पार्टी
फुट-विभाजनको दिशामा फर्किने भन्ने सवालमा हलो अड्काईएको छ / केन्द्रिय स्थरको
अत्यन्त जिम्मेवार र संबेदनशील स्थानमा रहेको नेतृत्व वर्ग बीचमा गम्भीर अविश्वास,
आशंका र अन्यौलको स्थिति देखा परेको छ / स्वाभाविक रुपले यसको असर सिङ्गो पार्टी र
आन्दोलनमा समेत धेरथोर पर्दै आएको छ / परिणामत ठाउँ-ठाउमा पलायन, निराशा, गुटबन्दी,
फुटवादी, भित्रभित्रै व्यक्तिगत आरोप-प्रत्यारोपका अत्यन्त नकरात्मक प्रवृत्तिहरुले
टाउको उठाइरहेको छन् / अन्यौलपूर्ण अन्तरसंघर्षको यो स्थितिमा आफ्नै असक्षमता आत्मसुरक्षावादी
प्रवृत्तिको धक्का सामना गरिरहेको छ / त्यसैले पार्टीमा बैचारिक, राजनैतिक,
सङ्गठनात्मक संरचना र कार्यशैलीमा शुद्दिकरणको आवश्यक देखिन्छ / पार्टीको रणनीति र
कार्यदिशाको सन्दर्भमा माओत्सेतुङले यसरी भन्नु भएको छ “विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सहि वा गलत हुनुले सबै
कुराको निधो गर्दछ / यदि यो सहि छ भने सबै कुरा हासिल हुनेछन र यो गलत भएमा हासिल
भएको पनि सबै कुरा गुम्न जान्छ /” –
माओत्सेतुङ
हाम्रो जस्तो अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक
समाज तथा निम्न पुजीवादी वर्गका बीचबाट विकसित संघीय एजेण्डा लिएको क्षेत्रीय स्थरको
राजनीतिक पार्टीमा विविध रुपमा प्रकट हुने समस्याहरुको एक लाक्षणिक बिशेता संकीर्ण
तथा आत्मकेन्द्रित व्यक्त्तिवाद हो / संघीयवादी जनताको सामुहिक आदर्शको निमित्त
संघर्षमा होइन व्यक्तिगत पद प्रतिष्ठा र प्रचारमा बढी चिन्त्ता गर्नु, आफुले भने जस्तो
नभएमा घुर्की, धम्कि र बार्गेनिङको तरिका अपनाउनु, तल्ला कमिटीहरुमाथि नोकरशाही र
माथिल्लो कमिटीहरुसँग साखुल्ले बन्न चाकडी तरिका अपनाउनु, आफैलाई सर्वज्ञाता
ठान्नु र अरुलाई अज्ञानी मुर्ख देख्नु, जनताबाट सिक्ने र जनताको सेवा गर्ने आदर्शको
बिपरित जनतामाथि रवाफ देखाउने र आफ्नो हैकम कायम गर्ने बुर्जुवा शैली अपनाउनु, दुश्मन
र अवसरवादीकै कोणबाट आएपनि प्रशंसामा लाग्नु र क्रान्तिकारी कोणबाट आएको आलोचनालाई
सहनै नसक्नु, संघीय सह-अस्तित्ववादको नाममा अराजकता र अध्यक्षमा निहित सम्पूर्ण अधिकार
केन्द्रीयताको नाममा नोकरशाही तथा तानाशाही तन्त्रको नीति लाद्नु आदि जस्ता
अनगिन्ति रुपमा व्यक्तिवाद अभिव्यक्ति र व्यवहारिकरुपमा लागु भइरहेको देखिन्छ /
चारैतिर शक्त्तिशाली दुश्मनहरुद्वारा घेरिएको संघिय पक्षधर क्षेत्रीय पार्टीले आफैभित्र
विद्यमान व्यक्तिवादका बिरुद्द कठोर आत्मसंघर्ष, अन्तरसंघर्ष र बैचारिक संघर्षको
विकास गर्दै पार्टी एकतालाई सस्थागत तथा सुदृढ गर्न सकेन भने उसले संघीय
क्रान्त्तिलाई अन्तसम्म नेतृत्व गर्ने ऐतिहासिक भूमिका पुरा गर्न सक्दैन / उपरोत्त
प्रकारको कमीकमजोरीका बीच दुश्मनले पार्टी भित्रैबाट अन्तरध्वंश गर्ने षड्यन्त्रलाई
सफल पार्ने मौका प्राप्त गर्न सक्छ / यस किसिमको धेरै घटना र क्षतिहरु लिम्बुवान
पार्टीले व्यहोरिसकेको छ / विचारधारात्मक र राजनैतिक कार्यदिशाले पार्टी र आन्दोलनको
विकासमा निर्णायक भूमिका खेल्ने सहि हुदाँ-हुदैँ पनि यदि कार्यदिशा अनुकुलको सङ्गठनात्मक
संरचना र कार्यशैलीको विकास गर्न सकिएन भने कार्यदिशा स्वयं एउटा निर्जीव कागजी
नारा बन्न जान्छ / 
पार्टीको ऐतिहासिक एकीकरण पश्चात अध्यक्ष कुमार
लिंङदेन दक्षिणपन्थी संकीर्ण जडसुत्रीय संशोधनवादी, अवसरवादी तथा यथास्थितिवादी दिशामा
तिब्र गतिमा अघि बढिरहेको देखिन्छ / लिंङदेनद्वारा पार्टी फुटाउने उदेश्यले
नियोजित रुपमा आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर पार्टी भित्र बिधान,
प्रक्रिया, सिद्दान्त र पद्दति विपरित निरन्तर अराजक गतिविधिमा क्रियाशील देखिन्छ /
त्यसैले अध्यक्ष कुमार लिंङदेनले यहि मिति २०७२ चैत्र १० गतेका दिन निर्वाचन
आयोगमा गोप्यरुपमा “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच” पुन: दर्ता गराई बिउताएको छ
/ भेडेटारमा पाच लिम्बुवानी पार्टीहरु बीच ऐतिहासिक एकीकरण भइसकेको अवस्थामा लिंङदेनले
आफ्नो पुरानो पार्टी पुन: दर्ता गराए पछि “संघीय लिम्बुवान पार्टी नेपाल” अन्तत:
फुट तथा बिभाजनको दिशातिर नै अघि बढेको प्रष्ट बुझ्न सकिन्छ / बिशेषत: पार्टी
एकीकरण पश्चात अध्यक्ष कुमार लिंङदेनले पार्टी फुटाउने नियोजित उदेश्यले पार्टीको
दुई बिधान काण्ड देखि अहिलेसम्म एकलौटी पार्टीको बिधान, प्रक्रिया, सिद्दान्त-पद्दति
बिपरित अराजक गतिविधिहरु गरि पार्टीको महाधिवेशन अगाडी नै पार्टी फुटाउने रणनीति र
कार्यनीतिमा सक्रिय देखिन्छन / त्यसैले पार्टी एकीकरण पश्चात पार्टीलाई सस्थागत
गर्ने बिषयमा कुमार लिंङदेनमा दक्षिणपन्थी आत्मसमर्पणवादी, संकीर्ण, अवसरवादी,
नवसंशोधनवादी, यथास्थितिवादी विचलन देखा परेको छ / कुमार लिंङदेनद्वारा लिम्बुवान
राजनीति, लिम्बुवानी जनता, क्रान्ति-आन्दोलन प्रति गम्भीर विश्वासघात गरि पार्टी र
क्रान्तिलाई विसर्जन गर्दै गएको वर्तमान स्थितिमा पार्टीकै अर्को नेतृत्व पक्षबाट
पार्टी एकीकरणलाई सस्थागत र विकासको लागि पहल गर्ने प्रक्रियामा निरन्तर उल्लेखनीय
भूमिका निर्वाह गर्दै आएको छन / लिम्बुवान राजनीतिमा विद्यमान दक्षिणपन्थी संशोधनवादका
बिरुद्द विचारधारात्मक संघर्ष अगाडी बढाउन आवश्यक देखिन्छ / नेतृत्वको गलत
प्रवृत्ति बारेमा लेनिनले यसरी भन्नु भएको छ “वास्तवमा
यदि कसैले सानो गल्तिमा अड्डी लिन्छ, त्यसको औचित्य सिद्द गर्न अधिक गम्भीर तर्क
खोज्न थाल्दछ र त्यसलाई अन्तिम सीमासम्म पुर्याइदिन खोज्दछ भने, त्यो सानो गल्तीले
विभत्स र बिराट रुप धारण गर्न पुग्छ” - लेनिन
विश्वको हरेक राजनीतिक पार्टीहरुमा प्राय:
आफ्नो पार्टी हरेक किसिमले बलियो र सकृय बनाउने उदेश्यले नयाँ आधारमा बैचारिक, राजनीतिक,
सांगठानिक तथा रणनीति र कार्यनीतिको बिषयमा दुइलाइन संघर्ष चलिरहन्छ / तर, लिम्बुवान
पार्टीको बस्तुगत अवस्था हेर्दा पार्टी फुटाइ एक पक्षीय रुपमा आफ्नो एकाधिकार लाद्ने
उदेश्य र पार्टी एकतालाई सस्थागत तथा सुदृढ गर्ने उदेश्य लिने दुईपक्षमा आन्तरिक
विवाद चलिरहेको छ / विश्वको राजनीतिक पार्टीहरुमा चलिरहेको दुइलाइन संघर्षको
सन्दर्भमा स्टिफेन एल. वास्विकाले यसरी भन्नु भएको छ कि “जहाँ राजनीति हुन्छ त्यहाँ विवाद हुन्छ, जहाँ मुद्दाहरु हुन्छन
त्यहाँ राजनीति हुन्छ / जहाँ कुनै विवाद अस्थित्वमा छैन, जहाँ कुनै मुद्दाहरु बहस हुदैन
त्यहाँ राजनीति पनि अस्थित्वमा हुदैन /” पार्टीमा दुइतिहाइ नेता-कार्यकर्ताहरु पार्टी एकीकरणलाई
सस्थागत गरि पार्टीलाई लोकतान्त्रिक बिधान, प्रक्रिया र सिद्दान्त-पद्दति अनुसार
संचालन गरि अघि बड्ने अडानमा बलियो पक्ष देखिन्छन / तर, अर्कोतिर पार्टी फुटाउने
उदेश्यले पार्टीमा अराजक गतिविधि गरि अल्पमतमा पर्ने नेता-कार्यकर्ता(लिँङदेन
पक्ष) हरुको राजनीतिक विचार बैठकमा पारित हुन नसक्ने र आगामी पार्टीको महाधिवेशनमा
पनि नराम्रोसँग हार खाने डर-त्रासले गर्दा पार्टी एकीकरणलाई सस्थागत नगरी साथै जतिसक्दो
पार्टीको महाधिवेशन हुनु अगाडी नै पार्टीलाई जसरी पनि फुटाएर जाने, यदि पार्टी एकता
पक्षधरहरुले महाधिवेशनसम्म जबर्जस्ती लिँङदेन पक्षलाई घिसारेर पुर्याए पनि महाधिवेशनमा
हार खाने बितिकै हिजो चैत्र १० गते पुन: दर्ता गरि बिउताएको “संघीय लोकतान्त्रिक
राष्ट्रिय मंच” मा झुण्डिएर जाने नियोजित सड्यन्त्रमा क्रियाशील देखिन्छन / यदि पार्टीको
दुई पक्षीय फरक राजनीतिक विचारहरु छन् भने पार्टीको लोकतान्त्रिक प्रक्रिया मार्फत
बैठक बसी बृहत बैचारिक बहस गरि राजनीतिक समस्याको समाधान गर्नु पर्छ जसलाई दन्दवादको
नियम पनि भनिन्छ / जगत भन्नु नै गति, पुरानोको मरण र नयाँको प्रादुर्भावको अनन्त
प्रक्रिया हो / त्यसैले विकासको प्रक्रिया र पुरानोको बिरुद्द नयाँको संघर्ष, हरेक
समस्याको वादविवाद-बहस मार्फत निचोडमा पुग्न सकिन्छ / तर, पार्टीलाई लिङदेन पक्षद्वारा
अहिलेसम्म अनिर्णयको बन्दी बनाइएको कारण पार्टीको बिधान अनुसार नियमित बैठक बस्न नै
सकेको छैन / तसर्थ पार्टी फुटाउने उदेश्यले लिङदेन पक्षद्वारा आन्तरिक विवाद तथा
समस्याहरु अन्यौलपूर्ण चुनौतीको भुमरीमा जबर्जस्ती फसाइएको छ /
पार्टी भित्रको आन्तरिक विवाद तथा समस्या समाधानको
लागि पार्टी भित्र र बाहिरबाट बुद्दीजी तथा तुम्याहाङहरुको टोलीले सहमतिद्वारा
राजनीतिक निकास खोज्न निरन्तर पहल र प्रयास गरिएको थियो तर लिँङदेन पक्षले सबै पहलहरुको
खिल्ली उडाउदै आएको छ / हिजो माघ २२-२३ गते र फाल्गुन २४-२५ गते पनि बुद्दिजिबि
तथा तुम्याहाङहरुले पार्टीको बैठक तथा भेलाको लागि सबैलाई आव्हान गरिएको थियो तर त्यहा
अध्यक्ष उपस्थित भएन, पुन: दस-दस दिनको लागि समय दिईएको थियो फेरी अध्यक्ष उपस्थित
भएन / पार्टी एकीकरण/एकतालाई सस्थागत गरि पार्टीको महाधिवेशनसम्म जान नदिन पार्टीको
एकता बिरोधि(कुमार लिंङदेन) दक्षिणपन्थी जडसुत्रीय संशोधनवादी, अवसरवादी तथा
यथास्थितिवादीहरुले भेडेटारको नौ बुदे सहमति र सम्झौताको मर्म र भावना बिपरित
पार्टीलाई पुन: फुटाउन अनेक सड्यन्त्र गरिरहेको छन् / पार्टीको एकता बिरोधि दक्षिणपन्थी
यथास्थितिवादीहरुलाई सामान्य बिरोध/आलोचनाले कुनै असर नपर्ने कुरा एक बर्षको अनुभवले
सिद्द गरेको छ / त्यसैले सम्पूर्ण सच्चा लोकतन्त्रवादी तथा पार्टी एकताको पक्षधर
जनसमुदायहरुले दक्षिणपन्थी जडसुत्रीय अराजकतावादीहरुको बिरुद्दमा सबै क्षेत्रबाट व्यापक
दबाब-हस्तक्षेप गर्न जरुरी देखिन्छ / लिम्बुवान क्रान्तिलाई सहि ढंगले अगाडी
बढाउने प्रक्रियामा अवसरवादीका बिरुद्द बैचारिक संघर्ष संचालन गर्न अनिवार्य रुपमा
आवश्यक हुन्छ / कार्ल मार्क्सले भन्नु भएको छ कि “जब राजगद्दीले प्रतिक्रान्ति गर्छ, जनताले क्रान्तिद्वारा यसको जवाफ दिने
अधिकार राख्दछ” – कार्ल मार्क्स (हामीले यसलाई यसरी भन्न
पनि सकिन्छ “जब पार्टी अध्यक्षले प्रतिक्रान्ति गर्छ, पार्टीका
अन्य नेता-कार्यकर्ता तथा जन-समर्थकहरुले क्रान्ति तथा महाधिवेशन मार्फत यसको जवाफ
दिने अधिकार राख्दछ”)
पार्टीको बिधान अनुसार सामुहिक नेतृत्वको
प्रणालीलाई कार्यन्वयन गर्दै पार्टी एकीकरणलाई सस्थागत गर्न पार्टीको नियमित बैठकको
लागि निरन्तर पहल गरिएको थियो तर अन्ततः कुमार लिंङदेन अवसरवादबाट दक्षिणपन्थी
दिशातिर हामफाल्दै जाने काम भयो / सारमा यो अघोषित दुईलाइन संघर्ष क्रान्तिकारी
कार्यदिशा र दक्षिणपन्थी यथास्थितिवादी तथा संसोधनवादी कार्यदिशाका बीचको भिषण
विचारधारात्मक तथा राजनीतिक संघर्ष नै हो तर उक्त्त अन्तर संघर्ष दन्दवादको नियम
बिपरित संचालन गरिदैछ / यसका पछाडी आफ्नो पुरानो एकात्मक ढाचाको पार्टी संचालनको
प्रभाव, संघीय क्रान्तिको अनुभवको कमि, निम्नपुजीवादी बौद्धिक मानसिकता, एकात्मक विस्तारवादको
प्रभाव लगायतका कारणले काम गरेका देखिन्छ / पार्टी एकीकरण पछि नवसंसोधनवादीहरुमा
देखा पर्दै आएको बिशेषताहरु बिधान, सिद्दान्त, दर्शन, राजनीति कार्यदिशा विपरित
गतिबिधि र अध्यक्षको अधिकार क्षेत्र भन्दा बाहिर निरंकुश-तानाशाही हावी, पार्टी
संघठनको विसर्जन, वैचारिक आत्मसमर्पणवाद, आन्दोलनको प्रश्नमा पार्टीको निर्णय र
सहमतिको परित्याग, आर्थिक र नैतिक आचरणको परित्याग लगायत विचलनहरु देखा परेका छन् /
पार्टीको मूल नेतृत्वमा विध्यमान तानाशाही
तथा नोकरशाही एकाधिकारवादी प्रवृतिको बिरुद्दमा व्यापक बिरोध र रुपान्तरण सहित अघि
बड्न आवश्यक देखिन्छ / यो सिङ्गो प्रक्रियामा विचार र नीतिलाई समृद्द तथा विकसित
तुल्याउन पहल अवश्य भएकै हो / त्यस प्रकारको समृद्दीकरण र विकास एकातिर सामुहिकतामा
आधारीत थियो भने अर्कोतिर पार्टी नेतृत्वको आन्तरिक समस्याको कारण त्यसले गुणात्मक
सफलता हासिल गर्न सकेन / पार्टीमा उच्च स्तरका नेताहरु हुन्छन र ति मध्ये पनि कुनै
व्यक्ति सर्वोच्च (अध्यक्ष) नेता बन्ने गर्दछ / तर, यसो हुदैमा त्यो व्यक्त्ति
पार्टी-कमिटि भन्दा माथि निरक्षेप प्राधिकार बन्न सक्दैन / कुमार लिंङदेनले
नेतृत्वको केन्द्रीकरणको कुरालाई सर्वोच्च प्राधिकारमा उठाएर पार्टीको लोकतान्त्रिक
प्रक्रिया-पद्दति र बिधानलाई लत्याएर सामुहिक नेतृत्वको अवधारणामा कुठाराघात गरेर
सर्वोच्च पदको गरिमालाई एकाधिकारवादमा परिणत गर्न पुगे / हामीले नेतृत्वको अवधारणालाई
पार्टीको बिधान अनुसार सामुहिक नेतृत्वसित जोडेर हेर्न आवश्यक छ /सिङ्गो पार्टी, नेतृत्व पंत्तिमा देखापर्ने व्यक्तिवादी चिन्तन र
कार्यशैली तथा नेतृत्वको गलत प्रवृत्ति बिरुद्दमा दृढतापुर्वक सङ्घर्ष चलाउन
आवश्यक हुन्छ / यस सन्दर्भमा स्टालिनद्वारा यसरी भन्नु भएको छ कि “जबसम्म मजदुर वर्गको पार्टीले आफनै पार्टीभित्रका
अवसरवादीहरुका बिरुद्द सम्झौताहीन संघर्ष चलाउदैन र जबसम्म त्यसले आफ्नै बिचमा
रहेको आत्मसमर्पणवादीहरुलाई खतम पार्दैन, तबसम्म त्यसले आफ्नो पार्टीभित्र एकता र
अनुशासनलाई कायम राख्न सक्दैन / त्यसले सर्वहारा क्रान्तिका संगठनकर्ता तथा नेताको
भूमिका पुरा गर्न पनि सक्दैन र त्यसले नयाँ समाज निर्माणको भूमिका समेत पुरा गर्न
सक्दैन” - स्टालिन
पार्टीमा सैद्दान्तिक तथा राजनीतिक बिषयको
गम्भीर अध्ययन तथा बहसको आवश्यकता छ / त्यस प्रकारको बिषय बारे हतारमा निर्णय लिन
हुदैन / यस प्रश्नमा हरेक पार्टी सदस्य तथा केन्द्रिय समितिका सदस्यले आफ्नो पदीय
दायित्व र क्रान्तिप्रतिको जिम्मेवारी बोधलाई गम्भीरतापुर्वक आत्मसात गर्न आवश्यक
हुन्छ / देशको संघीय क्रान्तिको युगमा संसोधनवाद र साम्राज्यवादका बीच घनिष्ट
सम्बन्ध हुने गर्छ / ठिक त्यसै कारण पार्टीका एकथरी नेताहरु एकात्मक राज्यको संसोधनवाद
र विस्तारवादसित साठगाठ गरि क्रान्तिप्रति विश्वासघात गर्न सक्दछन / पार्टीको
आन्तरिक दुईलाइन सघर्षको गति, अवस्था, प्रकृति र दिशालाई सहि ढंगले बुझ्न र तदनुसार
त्यसलाई परिचालन गर्न आवश्यक हुन्छ / यस दुई लाइन सघर्षको आरोह र अवरोहको
प्रक्रियामा अवसरवादीहरुले लिम्बुवानी क्रान्तिकारीहरुलाई भ्रमित तुल्याउन, सड्यन्त्र
गर्न सक्छन र त्यस प्रति आवश्यक सर्तकता अवलन गर्न आवश्यक देखिन्छ / लिम्बुवानीहरुले
यस बिषय र स्थितिलाई राम्रोसँग बुझेर आफ्नो हातमा पहल लिनु पर्दछ / यस सन्दर्भमा लेनिन
भन्नु हुन्छ “अवसरवादीहरु वस्तुगत रुपले निम्नपुजीपति
वर्ग र मजदुर वर्गका कतिपय तप्काका एक भाग हुन्, जसलाई साम्राज्यवादी अतिमुनाफाद्वारा
घुस दिईएको छ र पुजीवादका संरक्षकहरुमा र मजदुर आन्दोलनलाई भ्रष्ट बनाउनेहरुमा
बदलिदिने काम गरिएको छ /” - लेनिन
लिम्बुवान पार्टीको दस बर्षे राजनीतिक
अभ्यासको पृष्ठभूमि अध्ययन गर्दा पार्टीले दुईलाइन संघर्षमा एकता-संघर्ष-रुपान्तरण
र नयाँ आधारमा नयाँ एकताको नीति अवलम्बन गर्दै आएको छ / पार्टी भित्र र बाहिरको
प्रतिक्रियावादी तथा संशोधनवादी नेतृत्व वर्गहरुको उक्साहटमा गुटबन्दी र अराजकताको
पराकाष्ठसम्म पुग्यो / तर, पार्टी बिभाजन गरि छाड्ने निस्कर्षमा पुगेको कुमार
लिंङदेन पक्षले इलामको बैठक लगतै आफ्नो विघटनकारी कार्यलाई तिब्रता दिदै आम
लिम्बुवानी जनता र कार्यकर्ताहरुको आवश्यकता र चाहना बिपरित आफुलाई पार्टीबाट अलग
गरि प्रकारान्तरले प्रतिक्रियावादी र यथास्थितिवादीहरुलाई सघाउने काम गरि छाड्यो /
यो दुइलाइन् संघर्षको अनुभवले हामीलाई गम्भीर शिक्षा दिएको छ कि लोकतान्त्रिक संगठनात्मक
सिद्दान्तको रुपमा पार्टीले सुचितरुपले प्रयोग गर्ने पर्दछ / हाम्रो जस्तो निम्न
पूँजीवादी धरातलबाट अगाडी बढ्दै गरेको पार्टीमा विचार समुहको नाममा माथि देखि
तलसम्म अलगै बैठक, भेला र गतिविधि गर्न छुट दिनुले पार्टीमा गुटबन्दी, अराजकता र
बिघटनकारी प्रवृति बढेर पार्टीलाई बिसर्जनको भयानक भुमरीतिर डोर्याउने कुराको कटु
अनुभव गरिएको छ / पार्टीको एकीकरण पश्चात बिधान काण्ड देखि यता लिम्बुवान पार्टीमा
एउटा बिधान, प्रक्रिया तथा पद्दतिमा प्रतिबद्ध कित्ता र दक्षिणपन्थी संकीर्ण जडसुत्रीय
संशोधनवादी, प्रतिक्रान्तिकारी तथा यथास्थितिवादी कित्तामा ब्यापक ध्रुवीकरण हुदै
आएको छ /
दुई लाइन संघर्षको आफ्नै सिमा र प्रक्रियाहरु
हुन्छन जसलाई लोकतान्त्रिक प्रणाली तथा दन्दवादको नियम अनुसार संचालन गरिनु
पर्थ्यो तर पार्टी फुटाउने नियोजि उदेश्यले गरिएको अराजक कदमहरुले पार्टी अध्यक्ष
जस्तो गरिमाय पदको बेइजती बाहेक केहि हुन् सकेन / त्यसैले पार्टी अध्यक्ष जस्तो
जिम्मेवार व्यक्त्तिद्वारा निरन्तर गरिएको अराजक गतिविधिहरुले आफ्नै छबि र उच्चाई
माथि नाङगेझार हुदै गएको छ / यस प्रक्रियाको उल्लेखनीय कुरा यो छ कि आफ्नो संकीर्ण
सोचाइ र गुट कमजोर हुने हो कि भन्ने डरले कुमार लिंङदेन पक्षले कहिल्यै पनि
लिम्बुवानी नेतृत्वहरु बीचको यो एकता र ध्रुविकरणको ऐतिहासिक प्रक्रियालाई
सकारात्मक र रचनात्मक रुपले लिन सकेन / ऐतिहासिक पाच लिम्बुवानी पार्टीहरु बीचको
एकीकरण प्रक्रियालाई रोक्न कुमार लिंङदेनले निकै जोडबल पनि नगरेको होइन / पार्टीको
बाहुल्य क्रान्तिकारीहरुको पहल र बस्तुगत आवश्यकताको धरातलको कारण संकीर्ण सोचले एकता
प्रक्रिया रोक्न सकेन / पार्टी एकीकरणलाई सस्थागत गरि आन्दोलनलाई सहि ढंगले अगाडी
बढाउनका लागि संशोधनवादीका बिरुद्द निर्मम विचारधारात्मक संघर्ष चलाउन अनिवार्य
रुपमा आवश्यक हुन्छ / त्यसैले यसरी निरन्तर गरिएको अराजकता बाट बच्नको लागि पार्टी
एकीकरणलाई सस्थागत नगरी अथवा पार्टीको महाधिवेशनसम्म नपुगी पार्टी पुन: फुटाउनुको
बिकल्प नरहेको निष्कर्षमा पुगेको देखिन्छन जसले गर्दा पार्टीको यस्ता खराब तत्वहरु
पतनको दिशामा मोडिएको छन् / लेनिनले पार्टी नेतृत्वको जिम्मेवार नेताहरु प्रति यसो
भन्नु भएको छ “विजय प्राप्त गर्ने र शक्त्ति आफ्नो हातमा लिने कुरा तिनै मानिसको
लागि सम्भव छ, जो जनताको विश्वास गर्छन र जो जनताको सिर्जनात्मक प्रतिभामा विश्वास
राखेर फड्को मार्नका लागि तयार हुन्छन” – लेनिन
पार्टीको अघोषित दुइलाइन संघर्षको सन्दर्भमा
हामी जति बलियो बन्दै जान्छौ, दुश्मन त्यत्ति नरम र कम आक्रामक हुनेछ भन्ने गलत
धारणाबाट जुन आत्मासन्तोष पैदा भएको छ, त्यसलाई हामीले खत्तम पार्नै पर्दछ / त्यो
धारणा बिल्कुल झुठो हो र यो दक्षिणपन्थी पूर्ण उद्भाव हो / दक्षिणपन्थी विचलनले हामी
सबैलाई के बिश्वास दिलाएको थियो भने हाम्रो दुश्मनहरु बिस्तारै-बिस्तारै पार्टीको
बिधान-प्रक्रिया, सिद्दान्त तथा पद्दति भित्र घिसृदै आउनेछन र अन्तिमा सच्चा
लिम्बुवानवादी बन्नेछन तर पार्टीको नियमित गतिबिधि हेर्दा यो विश्लेषण पूर्ण गलत
ठहरिएको छ / त्यसैले अहिलेको अवस्थामा हामीलाई आत्मसन्तोष चाहिएको होइन बरु लिम्बुवान
राजनीति र अन्तर संघर्षमा चनाखो भएर बस्नु हो /
ऐतिहासिक पार्टी एकीकरण पश्चातको राजनीतिक
परिवेश हेर्दा पार्टीमा निर्णय र जानकारी नगरी अध्यक्ष लिङ्देन “लिम्बुवान संयुक्त संघर्ष समिति” गठन गरि एकलै सहभागी हुनु, एकात्मक
निरंकुश-तानाशाही नीति अनुसार पार्टी संचालन गर्नु, पार्टीको निर्णय विपरित दुई
विधान प्रकाशन गर्नु, बिधान बिपरित क्रियाशील सदस्यता वितरण, पार्टीमा निर्णय र
जानकारी नगरी अन्य पार्टीहरुसँग मोर्चाबन्दी र संयुक्त्त आन्दोलन तथा कार्यक्रम गर्नु,
आर्थिक अपारदर्शीता, पार्टीमा पारित निर्णयहरु एकलौटी उल्लघंन, पार्टी एकीकरणलाई
सस्थागत गर्न अवरोध, भेडेटारको सहमति र सम्झौता अनुसार पार्टीको महाधिवेशन हुन
नदिनु, पार्टीको बिधान अनुसार नियमित बैठक बस्न नदिनु, भेडेटारको सहमति र
सम्झौताको उल्लघंन, पार्टीको तर्फबाट आन्दोलन तथा कार्यक्रम गर्न नदिनु, लिम्बुवान
उच्चस्तरीय आन्दोलन समितिलाई निस्क्रिय र अनिर्णयको बन्दी बनाइनु, भूकम्प र
बाढीपीडितहरुको लागि देश-विदेशबाट रकम सङ्कलान गरि हिसाबको विवरण सार्वजनिक
नगर्नु, असार ३० गते धरानमा सम्पन्न बैठकमा समान्तर सरकार र दुई विवादित बिधान साथै
पार्टीको आन्दोलन समितिहरुको बारेमा भएको निर्णय र सहमतिहरु एकलौटी उलंघन आदि अध्यक्ष
कुमार लिङ्देनको लाफर्बाही प्रति अन्य सम्पूर्ण नेता-कार्यकर्ताहरुले असहमति तथा
असन्तुष्टि जनाए पछि सङ्घीय लिम्बुवान पार्टीमा आन्तरिक विवाद सिर्जना भइ अहिले पार्टी
फुटको संघारमा पुगेको अवस्था देखिन्छ / लिङ्देनले यसरी आफ्नो अधिकार क्षेत्र भन्दा
बाहिर पार्टीको बिधान, प्रक्रिया, सिद्दान्त तथा पद्दति बिपरित एकलौटी अन्य
नेताहरु माथि आफ्नो एकाधिकार र हैकम लादे पछि अन्यहरु रुष्ट भएको देखिन्छन / पार्टीको यस्तो अराजकतावादी तथा अवसरवादी नेताहरुको
सन्दर्भमा लेनिनले यसरी भन्नु भएको छ “जनसमुदायलाई अवसरवादसँग सम्बन्ध विच्छेदको अपरिहार्य
आवश्यकताको ब्याख्या गर्नु, अवसरवादका बिरुद्द निर्मम संघर्षद्वारा उनीहरुलाई (जनसमुदायलाई)
क्रान्तिका निमित्त शिक्षित पार्नु विश्व मजदुर आन्दोलनको एक मात्र मार्क्सवादी
कार्यदिशा हो /” - लेनिन
अत: भेडेटारको ऐतिहासिक पार्टी एकिकरण पछि अध्यक्ष
कुमार लिङदेनद्वारा आफ्नो एकाधिकार कायमको लागि जबर्जस्ती लादिएको एकात्मक निरंकुश-तानाशाही
नीति अनुसारको राजनीतिक अभ्यास पूर्णरुपमा असफल साबित भएको छ / अब पार्टीको
लोकतान्त्रिक बिधान, प्रक्रिया र सिद्धान्त तथा पद्दति अनुसार पार्टी संचालन गर्नु
आवश्यक देखिन्छ / पार्टीमा बिधान अनुसार नियमित बैठक बसी छलफल-बहस
मार्फत पार्टीलाई निकास दिदै बैचारिकरुपमा प्रगतिशील रणनीति र कार्यनीति तयार गरि
अघि बढ्नुको बिकल्प छैन / संघीय लिम्बुवान पार्टीको नेताहरू अब आफूलाई रूपान्तरण गर्दै
एकताबद्ध हुनुपर्ने समय हो । त्यसैले व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा वा आर्थिक प्रलोभन
त्यागेर पहिचानको राजनीतक आन्दोलनलाई अझ सशक्त बनाउन तर्फ ध्यान दिन आवश्यक
देखिन्छ / पार्टीले पहिचानवादी राजनीतिक तथा सामाजिक संगठनहरूलाई समेत गोलबन्द
गर्नुपर्ने समयमा यसरी आन्तरिक विवादमा फस्नु राम्रो होइन / पार्टीको विवाद तथा समस्या
समाधानको लागि पार्टीको बिधान अनुसार नियमित बैठक राख्न जुरुरी देखिन्छ / आ-आफुमा
रहेको फरक विचारहरु पार्टीको बैठकमा राखेर छलफल गरि हल गर्दा राम्रो हुन्छ / यसरी
पार्टी-सङ्गठनलाई सधै अनिर्णयको बन्दी बनाउने सड्यन्त्र तत्काल रोक्नु पर्छ / पार्टीलाई पुन: फुटाउने वर्ग दुश्मनका तमाम षड्यन्त्रलाई पराजित
गरि संघीय आन्दोलनको समग्र हितलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकतालाई सस्थागत
गरि आन्दोलनलाई अग्रगति दिने काममा बिशेष जोड दिन आवश्यक छ / नेतृत्व बर्गहरुले पार्टी
संचालनको जिम्मेवारी लिए पछि त्योसँगै बिभिन्न चुनौतीहरु आइलाग्नु स्वाभाविक हो
जसको सामना गर्न सबै नेतृत्व पंति एक हुन् आवश्यक छ / त्यसैले एक्ला-एकलै लडेर
केहि उपलब्धि हुनेवाला देखिदैन / पार्टीको सम्पूर्ण
समस्याहरु पार्टीको बैठक मार्फत मात्र समाधान हुन सक्छ तसर्थ पार्टीको बैठक तत्काल
राख्न आवश्यक देखिन्छ / त्यसैले अन्तर्विरोधका नियमहरुको ज्ञानबिना “ठोस परिस्थितिको
ठोस विश्लेषण” ठिक किसिमले गर्न सकिदैन / अन्तर्विरोधका नियमहरुको सहि ज्ञानद्वारा
परिस्थितिको सहि जानकारी, समस्याहरुको सहि किसिमले पहिचान र समस्याहरुको सहि
किसिमले समाधान गर्ने उपाय पत्ता लगाउन सकिन्छ / त्यसैले पार्टी भित्र अन्तरविरोध
भएन भने र त्यसको समाधानको लागि विचारधारात्मक संघर्ष भएन भने पार्टीको जीवनको
अन्त्य हुनेछ / लिम्बुवानवासी जनता र लिम्बुवानी नेतृत्वहरुले के हेक्का राख्न
जरुरी छ भने लिम्बुवान स्वायत्त राज्य प्राप्ति टाढा गइसकेको छ, यदि लिम्बुवान
आन्दोलनको नेतृत्वहरु पाइहालिन्छन भन्ने भ्रममा कोहि छन् भने, लिम्बुवानी जनताहरु-सङ्गठनहरु
फुटेको र जुटेको बहानामा लिम्बुवानको आन्दोलन तथा कार्यक्रमहरुमा कोहि सहभागी भइरहने
छैनन /
कुमार लिङदेनद्वारा
फुटाइएको पार्टी संघठनहरु ;-
१)
२०५१ सालमा
“राष्ट्रिय जनमुक्त्ति पार्टी” फुटेर “जनमुक्ति पार्टी नेपाल” गठन गरिएको थियो /
यस पार्टी फुट्नुमा कुमार लिङदेनको पनि हात थियो /
२)
२०६४ साल
मंसिरमा “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद संघीय लिम्बुवान राज्य परिषद”
बाट संजुहांङ पालुङवाले “संघीय लिम्बुवान राज्य परिसद” भनि पार्टी फुटाउदा रुपमा
संजुहांङले फुटाएको देखिएता पनि सारमा संजुहांङ पालुङवाले फुटाउनुको मुख्य कारण
तत्कालिन मंचका महासचिव रहेका कुमार लिङदेन मूल कारक थिए भनिन्छ /
३)
२०६५ सालमा
“संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद” मा दोस्रो महाधिवेशन सम्पन्न भएको थियो /
त्यो महाधिवेशनमा मिसेक हाङको फरक मत कुमार लिङदेनले स्थान दिएँन जसको कारण
महाधिवेशनको अन्तिम प्रक्रिया बिरोध गरेको थियो / महाधिवेशन सकिएको भोलि पल्ट
पत्रकार सम्मेलन गरि आफ्नै अध्यक्षतामा “संघीय लिम्बुवान राज्य परिसद(
क्रान्तिकारी)” गठन गरे /
४)
२०६६ सालमा
“संघीय लोकतान्त्रिक राष्ट्रिय मंच” का तत्कालिन अध्यक्ष मण्डल, सदस्य लक्षमण
थारुले त्यहाँबाट अलग गरि “संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी” बनाए / त्यसको
मुल कारण तत्कालिन मंचका अध्यक्ष कुमार लिङदेनले बैठक नराख्ने, पार्टीको निर्णयहरु
कार्यन्वयन नगर्नु नै थियो / र, थरुहट “सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टी” बाट
अलग भएर गयो /
५)
२०६८ सालमा
खम्बुवानका इन्द्रहांङ “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच” को अध्यक्ष भएको थियो /
उनलाई अपदस्त गरि कुमार लिङदेनले आफ्नो अध्यक्ष दाबी गरे पछि खम्बुवान र
तामाङसालिङ अलग भएका थिए /
६)
२०६८ सालमा
थरुहटका अध्यक्ष लक्षण थारुले पार्टी फुटाएर गएता पनि थरुहटको सभासद रुकमणि
चौधरीले “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच” का सभासदकै रुपमा काम गरिरहेको थियो
तर पार्टी अध्यक्ष कुमार लिङदेनको कार्यशैली कै कारण सभासद रुकमणि चौधरीले “संघीय
लोकतान्त्रिक राष्ट्रिय मंच” (थरुहट) गठन गरे /
७)
कुमार लिङदेनको
निर्देशनमा पार्टीको “UK प्रवास समाज” विभाजन गराई उक्त्त नयाँ समितिमा आफ्नो पक्ष
व्यक्त्तिहरु नियुक्त्ति गरिएको छ /
८)
कुमार लिङदेनकै
निर्देशनमा पार्टीको “अन्तर्राष्ट्रिय समन्य समिति (असस) पनि बिभाजन गराई आफ्नो
पक्षधरहरुको टोलि नियुक्त्ति गराइएको छ /
९) २०७२ चैत्र १० गतेका दिन कुमार लिङदेन अध्यक्ष र खगेन्द्र
माखिम महासचिव रहेको आफ्नो पुरानो पार्टी पुन: दर्ता गराई लिङदेनले अघोषित रुपमा पार्टी
फुटाएको छ /
कुमार लिङदेनको राजनीतिक पृष्ठभूमिको जीवनी
दर्शन अध्यायन गर्दा यो बुझ्न सकिन्छ कि पार्टी सङ्घठन फुटाउने ऐतिहासिक कार्यमा
उहाँ एक दक्ष तथा अनुभवी राजनीतिक खेलाडीको रुपमा चिन्न सकिनेछ /

-डम्मर लाबुङ हाल
कतार बाट
