Breaking News
Loading...
######



१२ कार्तिक २०७२

लिम्बुवान संयुत्त संघर्ष समितिद्वारा ११ गतेको दिन पास्थर र धनकुटा जिल्लाको सिमानामा पर्ने, ६ नम्बर बुधबारेमा “लिम्बुवान बिरोध सभा” आयोजना गरिएको थियो / लिम्बुवान संयुत्त संघर्ष समितिद्वारा गरिएको कार्यक्रम पश्चात संघीय लिम्बुवान पार्टी “नेपाल” को प्रवास समिति कतारद्वारा प्रेस बिज्ञप्ति मार्फत शसक्त बिरोध गर्दै कुमार लिंङदेनलाई स्पष्टीकरण को माग गरिएको छन  /

लिम्बुवान संघर्ष समितिको बिरोध सभा कार्यक्रममा प्रवास समितिको तर्फबाट कतारको सेवालुङ्ग लिवाङ्गलाई एक वक्ताको रुपमा आफ्नो मन्तब्य राख्ने अवसर दिईएको थियो / पार्टीले सेवालुङ्ग लिवाङ्गलाई प्रवासको प्रतिनिधिका रुपमा वक्ता बनाइएको बिषयलाई लिएर संघिय लिम्बुवान पार्टी “नेपालको” प्रवास समिति संघिय लिम्बुवान समाज कतारले आपत्ति जनाउदै, संघिय लिम्बुवान समाज कतारको घोर अपमान भएको ठहर गरि सो कदमको संघिय लिम्बुवान समाज कतारघोर निन्दा र भत्र्सना समेत गर्दछ भनिएको छ ।

केन्द्रीय पार्टी अध्यक्ष कुमार लिंङदेनद्वारा प्रवास समितिको रुपमा कार्यरत संगठन संघिय लिम्बुवान समाज कतारको उपयुक्त र उचित काम कारवाहीलाई पार्टीले समर्थन तथा स्वामित्व नलिएर सिधा अवमुल्यन गरिएको भनि अध्यक्ष कुमार लिङ्गदेनलाई आरोप समेत लगाइएको छ / कतार प्रवास समितिको अधिकारिक विचार अनुसार संघीय लिम्बुवान पार्टी नेपालको केन्द्रिय अध्यक्ष कुमार लिंङदेनले प्रवास समितिको राय-सल्लाह नलिइ आफु खु:शी एकलौटी कदम चालिएको प्रति आपत्ति जनाइएको थियो /

“सेवालुङ्ग लिवाङ्ग, अबिर मादेन र मादेम्बा जेठा-मदन मादेम्बा” लाई संघीय लिम्बुवान प्रवास समितिले पार्टीको सामान्य सदस्य समेत नरहने गरि कार्वाही तथा निलम्बन गरिएको थियो / यसरी पार्टीको सामान्य सदस्य समेत नरहने गरि कार्वाही तथा निलम्बन गरिएको लिम्बुवान प्रवास समिति कतारको “पुर्व सचिव श्री सेवालुङ लिबाङ” लाई पार्टीको कार्यक्रममा उपस्थित गराई प्रवासको तर्फबाट सम्बोधन गर्न लगाइएको बिषयलाई लिएर कतार प्रवास समितिले बिरोध जनाएको छ / त्यसैगरी पार्टीको केहि केन्द्रिय नेताहरुले अध्यक्ष कुमार लिंङदेनको यस अबैधानिक कदमको बिरुद्दमा आगामी पार्टीको केन्द्रिय बैठकमा कुरा राख्ने प्रतिबद्धता समेत भएको छन /

प्रेस बिज्ञप्ति अनुसार, “सेवालुङ्ग लिवाङ्ग, अबिर मादेन र मादेम्बा जेठा-मदन मादेम्बा” लाई लिम्बुवान प्रवास समिति कतारको बिधान अनुसार गरिएको कार्वाही तथा निलम्बन गर्दा संघिय लिम्बुवान पार्टी, नेपालका अध्यक्ष कुमार लिङ्गदेन मिराकलाई समेत जानकारी दिईएको जनाएको छ / त्यसैले गरि ६ नं. बुधवारेको लिम्बुवान संघर्ष समितिको विरोधसभामा सेवालुङ्ग लिवाङ्गलाई केको आधारमा प्रवासको प्रतिनिधि बनाइएको हो ? किन निलम्बन गरिएको व्यक्तिलाई पार्टी अध्यक्षद् कुमार लिंङदेनले प्रवासको प्रतिनिधि स्विकार गरिएको हो ? यसको स्पष्टीकरण र जवाफ पार्टी अध्यक्ष कुमार लिङ्गदेन मिराकद्धारा दिइओस् भन्ने संघिय लिम्बुवान समाज कतारले जोडदार माग गर्दछ भनिएको छ । सेवालुङ्ग लिवाङ्गको कारणले सिंगो समाज निष्क्रिय हुने परिस्थिति सृजना नहोस् भन्ने कुरामा समेत पार्टी र निलम्बित व्यक्तिहरुलाई मौन समर्थन गरिरहेका अध्यक्ष स्वयम्लाई सचेत गराउदै संघिय लिम्बुवान पार्टी, नेपालको प्रवास संगठन संघिय लिम्बुवान समाज कतार यो प्रेस विज्ञप्ती जारी गर्दछ समेत भनिएको छ ।


"प्रेस बिज्ञप्ति निकाल्नु हुने संघिय लिम्बुवान समाज कतारको नेताहरु " :- 
१) अध्यक्ष नरेन्द्र एभेङ्ग, 
२)उपाध्यक्ष यतु कुमार, 
३)महासचिव तिल बिक्रम थेबे र 
४)उप-महासचिव डम्बर लिवाङ्ग"


Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

1 comments:

  1. लिम्बुवान बिचार नामका ब्लग संचालकजी पित् पत्रकारितामा निक्कै पोख्त देखिए| कुनै पनि ब्यातीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्ने प्रवासलाई अधिकार छैन| र प्रवास समिति कतारले त्यस प्रकारको अराजनीतिक हर्कत कहिले गर्ने छैन| र सेवालुंग, मदन मादेम्बा, अबिर मादेन हरुले सामाजिक संजाल फेसबुकको दुरुपयोग गर्दै विभिन्न अपवाहहरु फैल्याउदै आफु जिम्मेवार रहेको संगठनको बिरुद्धमा भ्रमको खेति गर्दै तमाम लिम्बुवानी जनताको मनोबल गिराउने जस्ता हर्कत गरेका र संगठनले निजहरुलाई त्यस्तो हर्कत रोक्न र चित्त नबुझेका कुराहरु फेसबुकमा लेखेर होइन बहस रछलफल द्वारा समाधान गर्नको लागि पटक पटक समितिले पत्राचार, टेलिफो र बिभिन्न श्रोत मार्फत खबर अनुरोध गर्दा समेत अटेर गर्दै उत्त हर्कत निरन्तर गरि रंदा प्रवास समिति कतारले निजहरुलाई साधारण सदस्यनै नरहने गरि होइन| प्रवास समिति कतारको विनियमको दफा२० अनुशार अनुशासनको कारबाही गर्दै अनिश्चितकालिन पदीय जिम्मेवारीबाट निलम्बन गरिएकोहो | ब्लगका एडमिन जीलाई यो कुरा हेक्का रहोस यो नै राजनीतिक सस्कार हो| र पित् पत्रकारिताको बाटो नारोज्नुहोस सत्य तथ्य समाचारहरु सम्प्रेषण गर्नुहोस्|

    ReplyDelete