हिजो अन्तरिम सबिधानमा वर्तमान सात राजनीतक दलहरुले १० बर्षे जन-युद्ध र ६२/६३ को जन-आन्दोलनमा उठेको सवालहरु मध्ये संघीय एजेन्डालाई अन्तरिम संबिधानमा व्यवस्था गरिएन जसको विरुद्धमा पुन: मधेसमा शसक्त आन्दोलन र लिम्बुवान आन्दोलनको कारण सरकार बाध्य भएर अन्तरिम संबिधान संसोधन गरि संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समवेसिता तथा लोकतन्त्रको व्यवस्था गरियो र सङ्घीय सम्रचना गर्न पहिचान पाच आधार, सामर्थ्यको चार आधारमा व्यवस्था गरिएको थियो /
पहिलो संविधान सभाको चुनावमा जनजातिको मत आकर्षित गर्न आफ्नो घोषणा-पत्रमा 'संघात्मक शासन व्यवस्थाको आधार तय गर्दा ऐतिहासिक जातीय-भाषिक पक्षलाई आत्मसात गरिनेछ' भनी उल्लेख गरिएको थियो / संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाड समितिले नेपाललाई आठ जातीय-भाषिक राज्यसहित १४ प्रदेश २२ स्वायत्ततामा विभाजन गर्ने प्रस्ताव गरेपछि उनीहरुको बिरोध र भ्रमहरु झन् चर्को रुपमा विस्तार गरेका थिए । राज्य-पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदन उनीहरुको सोचअनुरुपको खाका नआएपछि पहिलो संबिधान सभाको समय अवधिमा राजनीतिक दलहरु आफ्नो घोषण-प्रत्र अनुसार सङ्घीय संबिधान लेखन कार्य भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भए, त्यस पश्चात बिस्तारै संघियता, धर्मनिरपेक्षता र समावेसी एजेन्डाहरुलाई सुनुयोजित तरिकाले खारेज गर्ने दिशातिर उन्मुख हुदै आएको छन / हिजो पहिलो संबिधान सभाको समय अवधिमा आदिवासी-जनजाती महासंघ, मधेसी, मुस्लिम तथा लिम्बुवान जस्ता बिभिन्न सानाहरु पार्टी र संघ-सस्थाहरुसंग बिभिन्न चरणमा सहमति र सम्झौता पनि भएको थियो / हिजो देखि विशेष गरेर आफुलाई उच्च जात, शिक्षित भनाउदा एकात्मक जातिवादी सम्भ्रान्त वर्गहरुले ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय-भाषिक पहिचानमा हुन लागेको संघीयताको कडा बिरोध हुदै आएको छ /
संबिधान सभामा आयोगले तयार पारेको १४ प्रदेशको खाकामा कांग्रेस-एमालेको केहि नेताहरुले बिरोध गरे पनि जसमा दुई-तिहाई बहुमत पनि पुगेको थियो तर पहिलो संबिधान सभाको समय अवधिमा राजनीतिक दलहरुले सङ्घीय संबिधान नलेखी नै संबिधान सभा भंग गर्ने तिर लाग्यो किन भने उनीहरुले अढाई सय बर्षे एकात्मक केन्द्रिकृत एकल जातिको एकाधिकार र पहुच भएको प्रतिगामी शासन प्रणालीलाई नै पुन: निरन्तरता दिन चाहन्थ्यो / पहिलो संबिधान सभाको अन्त्य तिर दोश्रो निर्वाचनमा जाने तयारी हुदा ३३ दल, सरकारको असबैधानिक कदमको बिरुद्धमा सडक आन्दोलनहरु भएको थियो तर एकात्मक राज्यको सेना र ससस्त्रहरुको बलमा जबर जस्त निर्वाचन सम्पन्न पनि गराइएको थियो / त्यस पश्चात निर्वाचन परिणाम पनि एकंग्रेस-एमाले तिर सर्यो जसको कारण संबिधान लेख कार्य असफल हुनको दोष संघीयता, प्रदेशहरुको सिमांकन र शासकीय स्वरूपलाई देखाएर सबै राजनीतिक दलहरु पन्छिएका थिए /
अहिले पछिल्लो समयमा पुन: संघियता, धर्मनिरपेक्षता र समावेसी एजेन्डाहरुलाई सबैधानिकरुपमा व्यवस्था नै नगरी सुनुयोजित तरिकाले सधाको लागि खारेज गर्न अन्तरिम संबिधानको मर्म र भावना बिपरित अहिले असबैधानिकरुपमा चार दलीय एकात्मकवादी शासकहरुले कथित १६ बुदे सहमतिको नाममा प्रदेशकोहरुको नाम र सिमाना बिनाको आठ प्रदेशको खाका लादेर पहिचानवादी आन्दोलनलाई थाग्नामा सुताउने सुनुयोजित सड्यन्त्र हुदैछ / जुन राष्ट्रघाती निर्णयको मध्यमबाट पुन: देशको उत्पीडित, शोसित, विभेदमा पारिएको आदिवासी-जनजाती, मधेसी, मुस्लिम, दलित, महिलाहरुलाई राज्य शक्तिको बलमा पुन: पेलेर जाने कुचेष्ठा हुदैछ / यसै क्रममा माओवादीको तर्फबाट “गोपाल किराती” ले नेपाली राजनीतिमा माओवादी हार्नु र ओरालो लाग्नुको कारण लिम्बुवानलाई दोष दिदै नेपाली राष्ट्रिय राजनीतिलाई अनिर्णयको बन्दि गराउन पनि लिम्बुवानलाई आरोप लगाएको छ / नेपाल इतिहासमा एक विशिष्ट ऐतिहासिक पहिचान र अस्थित्व भएको लिम्बुवानलाई अहिले खम्बुवान(किरात) मा गाभ्ने या बिलय गराउने अभिव्यक्ति दिएको छ र अर्को माओवादी कै नेता वर्षमान पुनले पनि ऐतिहासिक लिम्बुवानलाई अहिले खम्बुवानमा हालेर किरात बनाउन सकिने अभिव्यक्ति दिएपछि, नेपालको पूर्वी लिम्बुवान र खम्बुवान बिचमा राजनीतिकरुपमा विवाद सिर्जना गराईएको छ / अहिले संघियताको सवालमा जहाँ लिम्बुवानको केहि जिल्लाहरुको नाम तोकेर नै विवाद सिर्जना गरिएको छ / जसमा पुर्व क्षेत्र लिम्बुवानको तिन जिल्लाहरु झापा, मोरङ र सुनसरी जिल्लाको नाम लिएर विवाद सिर्जना गरिन्दै आएको छ / यसरी यी दुई नेताहरुले इतिहास देखि अहिलेसम्म मिलेर बसेका जाति र समुदायहरुको सामाजिक सद्भाव भड्काएर एक-आपसमा लडाउने सड्यन्त्र गरियो जसको कारण सतहिमा देखा पर्ने गरि सामाजिक संजालहरुमा विवाद गर्न बाध्य बनाइएको छ / यसै बिषयमा केन्द्रित भएर प्राचिन किरात सभ्यता र ऐतिहासिक लिम्बुवानको बारेमा सङ्क्षिप्तमा छलफल गर्ने जमर्को गर्दैछु ..........
किरात इतिहास बारेमा छोटो चर्चा गरौ.......
किरात एक प्राचिन सभ्यता हो, वर्तमान नेपाललाई पहिले किरात देश भनिन्थ्यो आज-भोलि पनि पूर्वी नेपाललाई पल्लो किरात तथा माझ किरात भन्दछन / माझकिरात भन्नाले जिम्दार वा वारबोम्बा र पल्लो किरात भन्नाले यक्ठुन्बा वा लिम्बुहरुको बास्थान बुझिन्छ / किरातीहरु सुरुमा कुन जग्गाबाट र कुन शताब्दीमा नेपालमा भित्रिए भन्ने बारेमा इतिहासकारहरुले बिभिन्न मतहरु प्रकट गरेका छन् / समौर तथा किरात वंशको ससि मुन्धुम बमोजिम यिनीहरुले आदिम तिन दिशाबाट हुद्दका हुद्दा आइ हिमालय पहाडको तराईमा आफ्ना बास्थान जमाए / इतिहासकारहरुले किरातहरुलाई तिन भागमा बर्गिकरण गरेका छन् तिनीहरु.... १) पश्चिम दिशाबाट आउनेलाई काशीवंश किराती, २) पूर्वबाट आउनेलाई ताइस्यानवंश किराती, र ३) उत्तरबाट आउनेलाई लासावंश किराती भन्दछन / यस लेख मार्फत किरातको बिष्तृत ब्याख्या गर्न सम्भव पनि छैन त्यसले एक वाक्यमा राख्नेछु.....नेपालको प्राचिन किरातीवंशहरु अहिलेको पुर्व देखि पश्चिम र तराई देखि हिमालसम्म फैलिएर रहेको सबै नाक थेप्चे मंगोलियन-आदिवासी-जनजातीहरु (मगर, गुरुङ, तामांग, शेर्पा, राई, लिम्बु, सुनुवार, मेचे, कोचे, थारु, धिमाल, नागा, सिया, लाप्चा, दनुवार आदि..... र केहि इतिहासकारहरुले नेवार पनि किरात हुन भनिएको छ)
किराती इतिहास अनुसार गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावली अनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरूले काठमाडौं उपत्यकामा शासन गरेका थिए।
आत: इतिहासकारहरुको भनाइ अनुसार किराती वशावालिमा काशीवंशी किरात, ताईस्यानवंशी किरात र लासावंशी किरातहरुलाई क्रमैले “मुनाफेन”, “खाम्बोन्बा”, र “तान्सान्था” वंश भन्दछन / यस कारण नेपालको प्राय: सबै नाक थेप्चे मंगोलियन जातिहरु यिनै तिन किराती वंशका शाखा-सन्तानहरु हुन भनिएको छ / त्यसैले पहिले किरातीहरुलाई एक वंश भनियो, त्यस पछि विभाजित भए पछि किराती जाति भनियो र अहिले केहि निश्चित समुदायलाई किरात धर्म भनिदै आएको छ तर दु:खको कुरा के हो भने, अहिले बिशेष गरी पूर्वको राई र लिम्बु जातिलाई मात्र किरात जाति हुदै किरात धर्मालम्बीमा रुपान्तरण हुदैछ / यसरी नै इतिहासको ख्याल-चासो र संरक्षण गरिएन भने आगामी दिनमा किराती जाति या धर्म भन्ने शब्द पनि लोप हुनेछ त्यस पछि केवल राई, लिम्बु. मगर, गुरुङ, तामागं आदि...भन्ने जातिमा सिमित हुने अवस्था आउदैछ / अन्त्यमा यो अढाई सय बर्षे एकात्मक केन्द्रिकृत एकल जातिय एकाधिकार शासन प्रणालीले हाम्रो इतिहास र भाषा-सस्कृतिहरुलाई क्रमस लोप गराएर यी जातिमा सिमित समुदायहरुलाई पनि सिध्याउने छन्.....
ऐतिहासिक लिम्बुवान बारे सङ्क्षिप्त चर्चा गरौ
किरातकालिन इतिहास अनुसार छैटौ शताब्दीमा किराँत जनताको दोश्रो राजनीतक क्रान्तिले जन्माएको नाम लिम्बुवान हो। आजको लिम्बुवान भूमिलाई पहिले फेदाप भनिन्थ्यो। सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्वबिजुगखोला आउने सौमर किराँत वंशमध्ये भाइफुट्टा वंशीले अरुण नदी तरी फेदाप पहाडका जंगल उजाड गरी बसे। फेदापमा आठ राजाहरुले आफ्नै पाराले शासन गरिरहेका तर त्यस बेला दश रैयतहरूका सन्तान औधी बढेकोदेखि ती आठ राजाहरूका मनमा राजनैतिक विद्रोहको शंका उत्पन्न हुन थाल्यो। यिनीहरूको जनसंख्या बढेपछि अदलमा राख्न कठीन पर्छ भन्ने शंकाले ती आठ राजाहरूले सल्लाह गरीयी नौला रैयतहरूलाई हरेक तवरले दबाएर राख्ने उपाय गरे। पहिलो जमीनमा तिरो बर्ढाईदिए। दोस्रो, निष्ठुर ऐन लागू गरे। तेस्रो, तिनीहरूसितदासझैं व्यवहार गरे। यस्तो अन्याय सहन नसकी यी दश सरदारहरूका रैयतहरूले पनि बिरोध गर्न थाले। त्यस पछि तिनीहरूले पान्थरमा एक ठुलो सभा गरेर सपथ लिए कि म युद्धमा विजय हासिल गर्नेछु वा मर्नेछु, युद्ध भूमिबाट तबसम्म घरमा फिर्ने छैन जबसम्मयो देशबाट ती सामन्ती राजाहरूलाई धपाउने छैन। कतै युद्धभूमि छाडी भागेमा तुरुन्तमृत्यु होस् भन्दै प्रत्येक ब्यक्तिले त्यो पवित्र स्थलमा सपथ ग्रहण गरे। अन्त्यमा,आफ्नैनिर्णय र वाचा अनुसार नै कतिलाई मारे त कतिलाई देशबाहिर भगाए। यसरी, तीशानमोकवानी जनताले त्यो देशलाई तिनीहरू आफ्नैजस्तो गरी जफत गरे।
लिम्वुवान छैटौ शताव्दीमा तत्कालिन आठ राजाहरुसंग विशाल आन्दोलन अर्थात युद्ध पश्चात स्थापना भएको हो । यसको स्थापना भए पछि दश सरदारहरुको नेतृत्वमा उनीहरुले ओगेटेको भूमिलाई १० भागमा विभाजन गरी संघीय गणतान्त्रिक पद्धती अनुरुप राज्य गरेका थिए ।
ती दश थुम तथा राजाहरु निम्न रहेका थिए ।
ती दश थुम तथा राजाहरु निम्न रहेका थिए ।
थुम राजा
(१) तम्वर साम्लुप्ली साम्वाहाङ
(२) मेवा सिसिङेगन सेरिङहाङ
(३) याङवरक थिन्दोलुङ खोक्याहाङ
(४) आठर्राई थक्थक्सो आङ्वोहाङ
(५) फेदेन(पान्थर) येङासो पापोहाङ
(६) इलाम (फाक्फोक) मुङताई ची इमेहाङ
(७) फेदाप सेङसेङगुम फेदापहाङ
(८) ताक्लुङयक (छथर) ताक्लुङ खेवाहाङ
(९) चौविस सोईयाक लादोहाङ
(१०) थलायक (तेह्रथुम) ताप्पेसु पेरुहाङ
इतिहाकार प्रेम वहादुर मावोहाङको अनुसार वि.सं. ५५ सालमा जनताहरुद्वारा लिम्वुवान स्थापना भयो । लिम्वुवान स्थापना हुंदा लिम्वुवानलाई १० थुम (भाग) हरुमा विभाजन गरियो । यो १० थुम तथा राजाहरु निम्न रहेका थिएः
थुम राजा
(१) तम्वर साम्वा स्रेङहाङ
(२) मेवा सिसिङ्गेन
(३) याङरुप लिन्सेहाङ
(४) पोमाजुङ(आठर्राई) आक्लुफ
(५) फेदेन पापोहाङ
(६) र्इलाम लोलिमहाङ
(७) फेदाप फेयोहाङ
(८) ताक्लुनदेन(छथर) खेवोहाङ
(९) मिकलुक (चौविस) वोहाङ
(१०) चेनलुङ यक(संखुवासभा) माई इङहाङ
यो दश लिम्वुवानमा शासन व्यवस्था सुव्यस्थित र लोकतान्त्रिक होस भनेर सयमक्रममा निम्न सात थुमहरु पून छुट्टाइएको देखिन्छ ।
(१) यासोक (२) संखुवा (३) सभाया (४) जल्लारा (५) मझिया (६) खपन (७) माईवा
यो दश राजाहरुले लिम्वुवान भित्र राज्य गर्न एक नियम वनाएका थिए । यसलाई “दश लिम्वुवान” अर्थात “सत्र थुम दश लिम्वुवानको निती” भनिथ्यो । यद्दपी यो शव्द तथा नियम लिम्वुवानमा प्रचलित छ । यो भनेको हाल “नेपालको प्रचलित कानुन वमोजिम” भनेझैं हो ।
यसरी लिम्वुवान स्थापना हुदा त्यो भूमिको आफ्नै सिमाक्षेत्र थियो । तत्कालिन सिमा अनुसार पूर्वमा टिष्टा नदी र (हाल सिक्किम) पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिब्वत र दक्षिण जलालगढ पर्दथ्यो ।
त्यहि पास्थरको आम्बेपोजो गाउमा ठुलो सभा गरि आठ राजाहरु मासिए अब यो मुलुको राजनेता को हुने र यस मुलुकको नाम के राख्ने भन्ने बिषयमा व्यापक छलफल भयो ति निर्णयहरु निम्न छन्...
१) त्यो देशलाई धनुवाणको सहायताले जितेकोहुनाले त्यसको नाउँ लिम्बुवान (लि- धनु, आबु-हान्ने, वान्- नाउँलाउनु, अर्थात् लिम्बु भाषामा धनुवाणले जितिएको देश लिम्बुवान राखे।
२) निर्णयानुसार, त्यो देश दश सरदारले मिली जितेको हुनाले बराबरदश मागमा विभक्त गरी शासन गर्नु पर्छ भन्ने राय बसाए।
३) योदश प्रदेश लिम्वुवानका बासिन्दाहरूलाई त्यसउप्रान्त दश लिम्बुका वंश हौं भनीसम्बोधन गर्नुपर्छ भन्ने ठहर्याए।
४) देशको साँधसीमाना लगाउनु पर्छ भन्ने निश्चय गरे, र लिम्बुवानको सीमाना उत्तरमा तिब्बत,दक्षिणमामधेश, पूर्वमा मेची खोला र पश्चिममा अरुण नदी निर्धारण गरे।
त्यस पछि लिम्बुवानलाई १० स्वायत्त राज्यमा बिभाजन गरि शासन संचालन गरे / त्यसको लागि १३ ओटा राजनीतिक थिति, ४ ओटा सामाजिक तिथि र ६ ओटा धार्मिक तिथि बनाएको थियो / यी सबैलाई दश लिम्बुवानको थितिमानिन्छ।
त्यसैले अहिले आएर आफ्नो जाति बिशेषको आधारमा नया नाम राख्न खोजिएको बिल्कुल होइन / हिजो गोरखा शासक पृथ्वी नारायण शाहहरुले आफ्नो गोरखा राज्यको सिमा विस्तार गर्ने क्रममा नेपालको मगरात. तमुवान, ताम्सालिंग, नेवा र खम्बुवानहरु युद्धमा हारेको हारेको थियो तर गोरखाको शासकसंग युद्ध-लडाई हुदा लिम्बुवान मात्र हारेन यसरी गोरखाको शासकहरुसंग बिभिन्न ठाउमा भिषण युद्धहरु भएको थियो / वि.सं. १८३० मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो। अरुण नदीको किरण र चैनपुरमा भिषण युद्ध भएको थियो जहाँ गोरखा साम्राज्य विस्तारवादी शासकले लिम्बुवानसंग नराम्रोसंग हार खानु पर्यो / जहाँ यसरी युद्ध हुने क्रममा गोरखाको शासकहरुले १७ पटक युद्धमा हार खाएको थियो तसर्थ १८३१ साउन २२ गते लिम्बुवानको राजधानी (हालको सनसरी धरानको विजयपुरको राज दरबार) मा गोरखा शासकहरु (पृथ्वी नारायण शाह) लिम्बुवानसंग सन्धि सम्झौता गर्न बाध्य भएको थियो / त्यसैले लिम्बुवान एक नहारेको जिउदो भूमि, भूगोल-क्षेत्र हो / जुन लिम्बुवान भन्ने भूमि-भूगोलमा बस्ने जाति-समुदायहरुलाई पछि लिम्बु भन्न थालियो तर तिनीहरु लिम्बु नभएर याक्थुम्बा जातिहरु हुन / तसर्थ यो लिम्बुवान शब्द जाति बिशेषको नाम नभएर छैटौ शताब्दीको किरात क्रान्तिले जन्माएको एउटा भूमि या भूगोल-क्षेत्रको नाम हो / जुन ऐतिहासिक लिम्बुवान भनेको अहिलेको अरुण सप्तकोशी पुर्व नै जिल्लालाई बुझ्न सकिन्छ /
लिम्बुवानको इतिहास, पहिचान-अस्थित्व र अधिकारहरु शाह-राणाकाल देखि सिध्याउने मिसन सड्यन्त्र हुदै आएको थियो जसलाई पुन: निरन्तरता दिने क्रममा अहिले पछिल्लो समयमा आएर जुन लिम्बुवानको नाम निशाना नै मेटाएर त्यहाँका स्थानीय जन-समुदायहरुको सबै कुराहरुलाई सिध्याउने मिसनमा मुलुक अघि बढिरहेको छ / मुलुकमा उत्पीडित जाति र समुदायहरुको सबै कुरा सिध्याउन अढाई सय बर्ष देखि हिन्दु सापेक्षताको आधारमा एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकारको राज्य र कानून तथा सम्रचना अहिलेसम्म एक तर्फी लादिएर ल्याएको छ / जसले गर्दा मुलुकमा अढाई सय बर्ष देखि सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, सास्कृतिकरुपमा, भाषिक र लैगिक असमानता, उत्पीडन, झन्-झन् गरिबी, अशान्ति, विभेदित र दन्द सिर्जना हुदै गएको छ /
अहिले यसै सन्दर्भमा एकात्मकवादी चार दलले कथित १६ बुदे राष्टघाती निर्णय, सहमति र सम्झौता मार्फत ऐतिहासिक लिम्बुवानको सबै कुरा सिध्याउने ठुलो सड्यन्त्र गर्दै छन् / जसमा लिम्बुवानलाई खम्बुवानमा विलयन गराएर लोप गराउने तथा निर्वाचन प्रणाली मार्फत पनि राज्य सत्ता पुग्न नदिने ठुलो राजनीतिक सड्यन्त्र चलिरहेको छ यस बिषयमा लिम्बुवानको राजनीतिक पार्टीले समयमा सचेत हुन जरुरी देखिन्छ /
मुलुकको जातीय, क्षेत्रीय र वर्गीय विभेद, असमानता, उत्पीडनहरुको समस्याको दन्द समाधान र निवारण गर्न अहिले “ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय-भाषीय पहिचान सहितको संघियता तथा स्वायत प्रदेश, स्वशासनहरुको व्यवस्था मार्फ सम्पूर्ण दन्दहरुको समाधान गर्नु बिकल्प छैन / यसै सिलसिलामा देशको सम्पूर्ण विभेद, उत्पीडन, असमताको सम्बोधन र व्यवस्थापनको लागि राष्ट्रिय (जातीय/ Nation ) पहिचानको आधारमा संघियता, स्वायता, स्वशासन अधिकार सहितको शासकीय सम्रचना तथा सम्पूर्ण कानूनहरु प्रणालीहरु व्यवस्था गर्नु जरुरी भएको छ / यसरी राज्य पक्षबाट पिछडी पारिएको सबै वर्ग र जाति समुदायलाई सम्मानपूर्ण सामनरुपले सम्बोधन गरि व्यवस्थापन गर्न यहाँका सम्पूर्ण शक्तिहरु एक ठाउमा आउन जरुरी भएको छ /
एकात्मकवादी चार दलले मन्त्री पद दिने आश्वासन र प्रलोभनको करार सझौता मार्फत संघियता, धर्मनिरपेक्षता र समावेसितालाई संबिधानमा व्यवस्था नगरी खारेज गर्ने मिसन अनुसार किराती समुदायको माओवादी नेता गोपाल किराती र बर्षमान पुनलाई प्रयोग गरिएको छ / यी दुई नेताहरुको अभिव्यक्तिलर गर्दा देशमा संघियताको एजेण्डालाई लिएर निकै विवादित माहोल बनाइएको छ / जसमा पुर्व नेपालको क्षेत्रलाई अरुण पुर्व नौ जिल्ला स्वायत लिम्बुवान हुनु पर्छ भनि त्यहाँको संघिय लिम्बुवान पार्टी बिगत लामो समय देखि आन्दोलनको आदिबेहरी सिर्जना गर्दै आएको घाम जातिकै झर्लंग देखिन्छ / यसरी एकातिर संघीय लिम्बुवानको लागि आन्दोलन निरन्तर भइरहेको छ भने, अर्को तिर लिम्बुवानको आन्दोलनलाई असफल पर्न सम्पूर्ण संघियता बिरोधी एकात्मक केन्द्रिकृत एकल जातिवादी शक्तिहरु लिम्बुवान माथि खनिएका छन् / यसरि हेर्दा के बुझिन्छ भने, लिम्बुवानको आन्दोलनले राष्ट्रिय राजनीतिमा नै प्रभाव पर्न सफल भएको देखिन्छ / यदि अहिलेको परिस्थितिमा लिम्बुवान भयो भने, अन्य सबै लिम्बुवान देखि तुमुवन, मगरात हुदै खसान सम्म ऐतिहासिक पहिचानको आधारमा संघियता हुने सम्भावना देखेर जसरी भए पनि लिम्बुवान आन्दोलनलाई रोक्न र असफल पार्न संघियता बिरोधी तत्वहरु लिम्बुवान माथि खनिएको छ /
लिम्बुवानलाई असफल पार्नको लागि घरी किरात राज्य, घरि कोचिला राज्य त कहिले मधेसको सिमानाको विवाद लिम्बुवानमा घुसाएर जबर-जस्त विवाद सिर्जना गरी लिम्बुवानवासी जन-समुदायहरुमा अन्योल राजनीतक वातावरण निरन्तर बनाइन्दैछ / जसमा लिम्बुवान, खम्बुवान र मधेसी समुदाय बीचको सामाजिक सद्भाव बिथोलेर ति समुदय बिचको लडाएर सम्बन्ध फुटाउने नियोजित सड्यन्त्रहरु हुदै आएको छ / यस किसिमको भ्रमित माहोलको राजनीतिक वातावरणलाई चिर्न लिम्बुवान नेतृत्व वर्गले गम्भीर तरिकाले सोचेर चाडो निकाश दिन जरुरी भएको छ / यसरी लिम्बुवानलाई फुटाएर विभाजित गर्न यसरी चारै तिर बाट हमला हुदै आएको छ / नेपालको इतिहासमा जुन खम्बुवान, कोचिला र मधेससंग लिम्बुवानको कुनै सम्बन्ध उल्लेख नै नभएको कुरा अहिले लिम्बुवानमा थोपर्ने कार्य हुदै आएको छ / यसैगरी अहिले चै ति ऐतिहासिक अरुण-सप्तकोशी पुर्वको लिम्बुवानलाई खम्बुवानमा गाभ्ने कुरा हुदैछ यसमा लिम्बुवानको बिरोध पकै हुनेछ / किन भने यो संघियता बिरोधी तत्वहरुले लिम्बुवानलाइ बिभाजन गरी दन्द सिर्जना गर्न सड्यन्त्र रचिएको कुटिल चाल मात्र हो /
अत: ऐतिहासिक लिम्बुवानलाई खम्बुवान (माझकिरात) मा गाभ्ने कुनै आधार नै छैन यदि खम्बुवानलाई ऐतिहासिक किरात नाम राख्ने हो भने, ऐतिहासिक किरातको लागि यी काशीवंश किराती, ताइस्यानवंश किराती, र लासावंश किरातीहरु देशको मुलबासी भएकाले नेपाल देशको नाम नै परिवर्तन गरि किरात देश राख्नु पर्ने हुन्छ तर यो कार्य कतिको सम्भव छ ? यस बिषय चै हाम्रो खम्बुवानको नेता-कार्यकर्ताहरुको आफ्नो राजनीतिक सवाल हो भन्ने लाग्छ / जे होस् मुलुकमा अढाई सय देखि अभ्यास गरिएको एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकारको राज्य प्रणाली र सम्पूर्ण कानूनहरु असफल भएकोले यस्तो सम्रचना तत्काल खारेज गर्न जरुरी भएको छ / यसको लागि सम्पूर्ण परिवर्तन चाहने पहिचानवादी अर्थात संघियतावादी शक्तिहरु एक हुन जरुरी भएको छ / एकात्मकवादी शासकहरुको यस्तो खराब सड्यन्त्र बाट सचेत हुन जरुरी भएको छ त्यसैले लडाई-झगडा र फुटेर होइन एक भएर मुलुको विकास र परिवर्तको लागि सबै जना आ-आफ्नो ठाउँ बाट अघि बढौ र देशको एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकार व्यवस्थालाई खारेज गरी सबैको सम्मान जनक पहिचान र सह-अस्थित्व सहितको संघियताको लागि गोलबन्द बनौ.....यसरी संघियतावादी शक्तिहरु एक भएमा देशको जस्तो सुकै तानाशाही र जातिवादी शासक वर्गहरुले पनि घुडा टेक्न बाध्य हुनेछन र संघियतावादीहरुको जित सु:निश्चित हुनेछ..........
१) वि.सं. १८३० मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो। यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरूको ज्यान गयो।
२) वि.सं. १८३१ बैसाक २५ गते गोर्खाली सेना रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो। वीरताका साथ लडिरहेको काङसोरेको षडयन्त्रपूर्वक हत्या भयो।
३) वि. सं.१८३१ साउन २२ गते गोर्खाली सेना र लिम्बुबीचमा ऐतिहासिक सन्धि भयो। वि.सं.१८३३ मा विजयपुरे राजा बुद्धिकर्णको हत्या भयो।
४) वि.सं.१८३७ मा नेपाल र अङ्ग्रेजबीचको सुगौली सन्धि भयो। यसपछि लिम्बु तथा लेप्चा बसी आएको भू-भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र दार्जिलिङ भयो।
५) वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो। चन्द्रसम्शेरको पालामा लिम्बुहरूको मुन्धुम र धर्मग्रन्थहरू चैनपुरमा लगेर जलाइयो।
६) वि.सं. १९०१मा जंगबहादुर राणाले लिम्बुहरूको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरूलाई आफ्नो कर्मचारीसरह बनाए।
७) वि.सं.१९५२को माघ महिनामा ताप्लेजुङ हाङपाङका बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजीक पात्लेको रुखमा झुण्ड्याएर मारियो।
८) वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरू इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरियो। यिनै क्षेत्रहरूलाई यो भन्दा पहिले पल्लो किरात लिम्बुवान भनिन्थ्यो।
९) वि.सं. २०२१ सालमा लिम्बुहरूको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो। पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकियो।
१०) नवौं–दशौं शताब्दीमा माबोहाङ् र श्रीजङ्गाहरुले यहि भूमिमा धर्म र लिपिको शुरुवात गरे
११) श्रीजङ्गा द्वित्तीयलाई वि.सं. १७९८ मा मुन्धुम् र लिपि बचाउने क्रममा सिक्किमको मार्ताम् गाउँमा रुखमा डोरीले बाँधी धनुकाँडले हानी हत्या गरियो ।
१२) लिम्बुवानका सेनापति काङ्सोरेलाई वि.सं. १८३१ बैशाख २५ गते गोरखाली सेनाहरुले धोकापूर्ण तरिकाले हत्या गरे । तर, उक्त युद्ध गोरखा–लिम्बुवान सन्धिमा टुङ्गियो ।
१३) राणाहरुले वि.सं. १९५२ मा ताप्लीजोङ्मा अमाल राख्दा लिम्बुवानको परम्परागत हकअधिकारमाथि बाधा पुग्छ भनेर हाङ्पाङ्का बाजहाङ् लिम्बु (आङ्बुहाङ्)ले आवाज उठाउँदा उनलाई रुखमा झुण्ड्याई मृत्युदण्ड दिइयो ।
१४) राणाकालमा दशैं नमानेको भनेर धनकुटामा आठपहरीया समुदायका रामलिहाङ् र रिदामालाई झुण्ड्याएर मारियो ।
१५) महागुरु फाल्गुनन्दको नेतृत्वमा पान्थरको लोब्रेकुटीमा वि.सं. १९८८ बैंशाख २४ गते दश लिम्बुवान १७ थुमको प्रतिनिधिहरु बोलाई “सत्य धर्म मुचुल्का” तयार गरियो । उक्त मुचुल्काले संस्कार सुधार र लिपि संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ ।
१६) “लिम्बुवान स्टेट्” खडा गर्ने अभियानमा लागेका विजयबहादुर लिम्बुलाई वि.सं. २००८ वैशाख १२ गते इलामको मंगलबारेमा गोली हानी हत्या गरियो ।
१७) महान इतिहासकार इमानसिं चेम्जोङ्ले वि.सं. २००९ सालमा “लिम्बुवान सुधार संघ” खोलेर सक्रिय भए । उनले किरात, लिम्बुवान बारे दर्जनौ पुस्तकहरु लेखे । लिम्बुवान सुधार संघका उपाध्यक्ष गणेशप्रसाद रिजाल (पूर्व सांसद) र महामन्त्री तेजबहादुर प्रसाई थिए ।
१८) २०१३ र २०१४ सालमा लिम्बुवानका प्रतिनिधि मण्डलले लिम्बुवानको विकासको अजेण्डाहरु लगेर केन्द्र सरकारलाई झक्झकायो ।
१९) २०२१ सालमा किपटमाथि आक्रमण भएपछि किपटीया लिम्बुवानवासीले किपट बचाउनको लागि शसक्त संघर्ष चलाए । तर, एकात्मक सत्ताले पेलेर अघि बढ्ने नीति लियो ।
२०) लिम्बुवान स्वायत्त राज्य स्थापना गर्ने आन्दोलनको क्रममा वि.सं. २०६४÷०६÷२० गते झापा–इलाम सिमानामा पर्ने सानो केर्खाको कमल पुल छेऊमा राज कुमार आङ्देम्बे ‘माङ्तोक’ले शहादत्ता प्राप्त गर्नु भयो ।
२१) लिम्बुवान क्षेत्रको क्याम्पसको चुनावहरु समानुपातिक चुनावप्रणाली अन्तर्गत हुनुपर्छ भन्ने आन्दोलनको क्रममा झापाको धुलाबारीमा २०६५ चैत्र ६ गते शहादत्ता प्राप्त गर्नुभयो । माङ्तोक र मनिल दुवै शहिदहरुलाई एकात्मक सत्ताको शसस्त्र प्रहरीले गोली हानी हत्या गरेको थियो ।
२२) वि.सं. १८३९ मा लिम्बुवान गोर्खाबाट मुक्ति गर्न मुरेहाङ लिम्वु र थामुया लिम्बुहरुको छापामार युद्ध
२३) वि.सं. १८७३ तिर पृथ्वीसिंह लिम्बुको स्वतन्त्र लिम्बुवान राज्य खडा गर्न प्रयास
२४) वि.सं. १९४१ मा जगदल लिम्बुकोस्वतन्त्र लिम्बुवानका लागि वि द्रोह
२५) वि.सं. १९५२ मा राज्यले ताप्लेजुङमा अमाल राख्दा हाङपाङका बाजहाङ लिम्बुको बिरोध र हत्या
२६) वि.सं.२००६ मा लिम्बुवान स्टेट खडा गर्न विजयबहादुर लिम्बुको विद्रोह र २००८ मा उनको हत्या
२७) राणा शासनको अन्त्यसँगै लिम्बुवान प्रान्तको आश्वासन पाएका क्रान्तिकारी लिम्बुहरुको वि.सं. २००७ मा ललितबहादुर तुम्बाहाम्फेको प्रधानमन्त्रीत्वमा १६ सदस्यीय लिम्बुवान मन्त्रीपरिषद गठन
२८) वि.सं. २००८ मा अखिल लिम्बुवान सुधार संघको स्थापना गरी इमानसिंह चेम्जोङ ,गणेश रिजाल,तेजबहादुर प्रसार्इद्वारा “लिम्बुवान खडा हुनैपर्छ ” को नाराका साथ लिम्बुवान प्रादेशिक स्वायत्तता माग । उक्त मागमा परराष्ट्र,फौज र यातायात केन्द्रको हातमा र बाँकी सबै अधिकार लिम्बुवान स्वातत्त सरकारलाई दिइनुपर्ने माग
२९) वि.सं. २०१३ र १४ मा पल्लोकिरात लिम्बुवान प्रतिनिधि मण्डल काठमाडौ गई लिम्बुवान प्रान्तको माग
३०) वि.सं. २०१८ मा भूव्रि्रम नेम्बाङ को नेतृत्वमा लिम्बुवान राज्य पुन स्थापनाको लागि सशस्त्र विद्रोह
३१) वि.सं. २०२४ मा राजा महेन्द्रलाई किपट व्यवस्था कायम राख्न क्या.दलबहादुर लिम्बुको अगुवाईमा एक प्रतिनिधि मण्डल काठमाडौ गएको । मानबहादुर पङयाङगु र क्या.दल बहादुर लिम्बुलाई जेल चलान ।
३२) वि.सं. २०२५ मा धरानमा प्रेमबहादुर माबोहाङ,कृष्णबशादुर थाङदेन,ज.हर्कप्रसाद नेम्बाङहरुद्वारा “किपट सम्पर्क समिति” गठन । प्रेमबहादुर माबोहाङको नेतृत्वमा लिम्बुवान प्रतिनिधि काठमाडौ गई राजा महेन्द्रसँग माग प्रस्तुत
३३) वि.सं. २०२५ मंसिरमा मेयङलुङमा सम्सेरबहादुर तुम्बाहाम्फे र पद्मसुन्दर लावतीद्वारा बृहत किपटीया सम्मेलन । भूमिसुधार लागू नगरी किपट व्यवस्था नै कायम गरियोस् भन्ने प्रस्ताव पारित ।
३४) वि.सं. २०३६ सालमा पान्थरमा आत्मनन्द लिङदेनको अध्यक्षतामा “किरात धर्म तथा साहित्य उत्थान संघ” स्थापना भाषा,संस्कृति,जातिय उत्थान तथा संचेतनाका कार्यहरु व्यापकरुपमा गर्दै आएको ।
३५) वि.सं. २०४५ मा वीर नेम्बाङद्वारा लिम्बुवान मुक्ति मोर्चा गठन र लिम्बुवान स्वायत्तताको माग
३६) वि.सं. २०४६ मा काठमाडौमा किरात याक्थुङ चुम्लुङको स्थापना र हाल लिम्बुवान स्वायत्तताको माग
३७) वि.सं. २०५५ मा लिम्बु विद्यार्थी मञ्चको स्थापना र हाल लिम्बुवान स्वायत्तताको माग
३८) वि.सं. २०५७ मा भक्तराज कङदङवाको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चागठन र लिम्बुवान स्वायत्तताको माग
सन्दर्भ सामग्रीहरु.......
१) किरात इतिहास
२) लिम्बुवानको राजनीति
३) संघियता र लिम्बुवान आन्दोलनको पुस्तिका
४) किरात इतिहास र सस्कृति
५) नेपालको सङ्क्षिप्त इतिहास
६) र अन्य स्रोता
नोट:- यो कुनै पार्टीगत विचार धारणा नभएर लिम्बुवानी जनता/नागरिक डम्मर लाबुंगको व्यक्तिगत बिचारमा.....

लिम्बुवान नै किन भन्ने सवालमा एकात्मकवादी शासक बिरुद्धमा लिम्बुवानले गरेको संघर्षहरु :-
वि.सं १८३१ मा सन्धी द्वारा लिम्वुवानलाई गोर्खाको उपनिवेश बनाईए तापनि त्यस्को बिरुद्धमा विजयपुरका राजा बुद्धिकर्ण खेवाहाङ लिम्वू,याङवरकका हिलीहाङ योङहाङ,चैनपुरका जसमुखी राय,छत्थरका सुनुहाङ खेवाहाङ राय र चारखलका आशदेव लिङदम रायले गोर्खा बिरुद्ध जेहाद छेडेका थिए । इतिहासको लामो काल देखि जिउँदो र नहारेको निरन्रतर आन्दोलनरत भूमिको रुपमा रहेको अरुण–सप्तकोशी पूर्वको ऐतिहासिक भूमिको नाम लिम्बुवान नै राखिनु पर्दछ । यो लिम्बुवान भूमिको अस्तित्व रक्षाको लागि विभिन्न खण्डमा निम्न संघर्ष र प्रयासहरु भएका छन्ः–१) वि.सं. १८३० मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो। यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरूको ज्यान गयो।
२) वि.सं. १८३१ बैसाक २५ गते गोर्खाली सेना रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो। वीरताका साथ लडिरहेको काङसोरेको षडयन्त्रपूर्वक हत्या भयो।
३) वि. सं.१८३१ साउन २२ गते गोर्खाली सेना र लिम्बुबीचमा ऐतिहासिक सन्धि भयो। वि.सं.१८३३ मा विजयपुरे राजा बुद्धिकर्णको हत्या भयो।
४) वि.सं.१८३७ मा नेपाल र अङ्ग्रेजबीचको सुगौली सन्धि भयो। यसपछि लिम्बु तथा लेप्चा बसी आएको भू-भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र दार्जिलिङ भयो।
५) वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो। चन्द्रसम्शेरको पालामा लिम्बुहरूको मुन्धुम र धर्मग्रन्थहरू चैनपुरमा लगेर जलाइयो।
६) वि.सं. १९०१मा जंगबहादुर राणाले लिम्बुहरूको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरूलाई आफ्नो कर्मचारीसरह बनाए।
७) वि.सं.१९५२को माघ महिनामा ताप्लेजुङ हाङपाङका बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजीक पात्लेको रुखमा झुण्ड्याएर मारियो।
८) वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरू इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरियो। यिनै क्षेत्रहरूलाई यो भन्दा पहिले पल्लो किरात लिम्बुवान भनिन्थ्यो।
९) वि.सं. २०२१ सालमा लिम्बुहरूको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो। पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकियो।
१०) नवौं–दशौं शताब्दीमा माबोहाङ् र श्रीजङ्गाहरुले यहि भूमिमा धर्म र लिपिको शुरुवात गरे
११) श्रीजङ्गा द्वित्तीयलाई वि.सं. १७९८ मा मुन्धुम् र लिपि बचाउने क्रममा सिक्किमको मार्ताम् गाउँमा रुखमा डोरीले बाँधी धनुकाँडले हानी हत्या गरियो ।
१२) लिम्बुवानका सेनापति काङ्सोरेलाई वि.सं. १८३१ बैशाख २५ गते गोरखाली सेनाहरुले धोकापूर्ण तरिकाले हत्या गरे । तर, उक्त युद्ध गोरखा–लिम्बुवान सन्धिमा टुङ्गियो ।
१३) राणाहरुले वि.सं. १९५२ मा ताप्लीजोङ्मा अमाल राख्दा लिम्बुवानको परम्परागत हकअधिकारमाथि बाधा पुग्छ भनेर हाङ्पाङ्का बाजहाङ् लिम्बु (आङ्बुहाङ्)ले आवाज उठाउँदा उनलाई रुखमा झुण्ड्याई मृत्युदण्ड दिइयो ।
१४) राणाकालमा दशैं नमानेको भनेर धनकुटामा आठपहरीया समुदायका रामलिहाङ् र रिदामालाई झुण्ड्याएर मारियो ।
१५) महागुरु फाल्गुनन्दको नेतृत्वमा पान्थरको लोब्रेकुटीमा वि.सं. १९८८ बैंशाख २४ गते दश लिम्बुवान १७ थुमको प्रतिनिधिहरु बोलाई “सत्य धर्म मुचुल्का” तयार गरियो । उक्त मुचुल्काले संस्कार सुधार र लिपि संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ ।
१६) “लिम्बुवान स्टेट्” खडा गर्ने अभियानमा लागेका विजयबहादुर लिम्बुलाई वि.सं. २००८ वैशाख १२ गते इलामको मंगलबारेमा गोली हानी हत्या गरियो ।
१७) महान इतिहासकार इमानसिं चेम्जोङ्ले वि.सं. २००९ सालमा “लिम्बुवान सुधार संघ” खोलेर सक्रिय भए । उनले किरात, लिम्बुवान बारे दर्जनौ पुस्तकहरु लेखे । लिम्बुवान सुधार संघका उपाध्यक्ष गणेशप्रसाद रिजाल (पूर्व सांसद) र महामन्त्री तेजबहादुर प्रसाई थिए ।
१८) २०१३ र २०१४ सालमा लिम्बुवानका प्रतिनिधि मण्डलले लिम्बुवानको विकासको अजेण्डाहरु लगेर केन्द्र सरकारलाई झक्झकायो ।
१९) २०२१ सालमा किपटमाथि आक्रमण भएपछि किपटीया लिम्बुवानवासीले किपट बचाउनको लागि शसक्त संघर्ष चलाए । तर, एकात्मक सत्ताले पेलेर अघि बढ्ने नीति लियो ।
२०) लिम्बुवान स्वायत्त राज्य स्थापना गर्ने आन्दोलनको क्रममा वि.सं. २०६४÷०६÷२० गते झापा–इलाम सिमानामा पर्ने सानो केर्खाको कमल पुल छेऊमा राज कुमार आङ्देम्बे ‘माङ्तोक’ले शहादत्ता प्राप्त गर्नु भयो ।
२१) लिम्बुवान क्षेत्रको क्याम्पसको चुनावहरु समानुपातिक चुनावप्रणाली अन्तर्गत हुनुपर्छ भन्ने आन्दोलनको क्रममा झापाको धुलाबारीमा २०६५ चैत्र ६ गते शहादत्ता प्राप्त गर्नुभयो । माङ्तोक र मनिल दुवै शहिदहरुलाई एकात्मक सत्ताको शसस्त्र प्रहरीले गोली हानी हत्या गरेको थियो ।
२२) वि.सं. १८३९ मा लिम्बुवान गोर्खाबाट मुक्ति गर्न मुरेहाङ लिम्वु र थामुया लिम्बुहरुको छापामार युद्ध
२३) वि.सं. १८७३ तिर पृथ्वीसिंह लिम्बुको स्वतन्त्र लिम्बुवान राज्य खडा गर्न प्रयास
२४) वि.सं. १९४१ मा जगदल लिम्बुकोस्वतन्त्र लिम्बुवानका लागि वि द्रोह
२५) वि.सं. १९५२ मा राज्यले ताप्लेजुङमा अमाल राख्दा हाङपाङका बाजहाङ लिम्बुको बिरोध र हत्या
२६) वि.सं.२००६ मा लिम्बुवान स्टेट खडा गर्न विजयबहादुर लिम्बुको विद्रोह र २००८ मा उनको हत्या
२७) राणा शासनको अन्त्यसँगै लिम्बुवान प्रान्तको आश्वासन पाएका क्रान्तिकारी लिम्बुहरुको वि.सं. २००७ मा ललितबहादुर तुम्बाहाम्फेको प्रधानमन्त्रीत्वमा १६ सदस्यीय लिम्बुवान मन्त्रीपरिषद गठन
२८) वि.सं. २००८ मा अखिल लिम्बुवान सुधार संघको स्थापना गरी इमानसिंह चेम्जोङ ,गणेश रिजाल,तेजबहादुर प्रसार्इद्वारा “लिम्बुवान खडा हुनैपर्छ ” को नाराका साथ लिम्बुवान प्रादेशिक स्वायत्तता माग । उक्त मागमा परराष्ट्र,फौज र यातायात केन्द्रको हातमा र बाँकी सबै अधिकार लिम्बुवान स्वातत्त सरकारलाई दिइनुपर्ने माग
२९) वि.सं. २०१३ र १४ मा पल्लोकिरात लिम्बुवान प्रतिनिधि मण्डल काठमाडौ गई लिम्बुवान प्रान्तको माग
३०) वि.सं. २०१८ मा भूव्रि्रम नेम्बाङ को नेतृत्वमा लिम्बुवान राज्य पुन स्थापनाको लागि सशस्त्र विद्रोह
३१) वि.सं. २०२४ मा राजा महेन्द्रलाई किपट व्यवस्था कायम राख्न क्या.दलबहादुर लिम्बुको अगुवाईमा एक प्रतिनिधि मण्डल काठमाडौ गएको । मानबहादुर पङयाङगु र क्या.दल बहादुर लिम्बुलाई जेल चलान ।
३२) वि.सं. २०२५ मा धरानमा प्रेमबहादुर माबोहाङ,कृष्णबशादुर थाङदेन,ज.हर्कप्रसाद नेम्बाङहरुद्वारा “किपट सम्पर्क समिति” गठन । प्रेमबहादुर माबोहाङको नेतृत्वमा लिम्बुवान प्रतिनिधि काठमाडौ गई राजा महेन्द्रसँग माग प्रस्तुत
३३) वि.सं. २०२५ मंसिरमा मेयङलुङमा सम्सेरबहादुर तुम्बाहाम्फे र पद्मसुन्दर लावतीद्वारा बृहत किपटीया सम्मेलन । भूमिसुधार लागू नगरी किपट व्यवस्था नै कायम गरियोस् भन्ने प्रस्ताव पारित ।
३४) वि.सं. २०३६ सालमा पान्थरमा आत्मनन्द लिङदेनको अध्यक्षतामा “किरात धर्म तथा साहित्य उत्थान संघ” स्थापना भाषा,संस्कृति,जातिय उत्थान तथा संचेतनाका कार्यहरु व्यापकरुपमा गर्दै आएको ।
३५) वि.सं. २०४५ मा वीर नेम्बाङद्वारा लिम्बुवान मुक्ति मोर्चा गठन र लिम्बुवान स्वायत्तताको माग
३६) वि.सं. २०४६ मा काठमाडौमा किरात याक्थुङ चुम्लुङको स्थापना र हाल लिम्बुवान स्वायत्तताको माग
३७) वि.सं. २०५५ मा लिम्बु विद्यार्थी मञ्चको स्थापना र हाल लिम्बुवान स्वायत्तताको माग
३८) वि.सं. २०५७ मा भक्तराज कङदङवाको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चागठन र लिम्बुवान स्वायत्तताको माग
सन्दर्भ सामग्रीहरु.......
१) किरात इतिहास
२) लिम्बुवानको राजनीति
३) संघियता र लिम्बुवान आन्दोलनको पुस्तिका
४) किरात इतिहास र सस्कृति
५) नेपालको सङ्क्षिप्त इतिहास
६) र अन्य स्रोता
नोट:- यो कुनै पार्टीगत विचार धारणा नभएर लिम्बुवानी जनता/नागरिक डम्मर लाबुंगको व्यक्तिगत बिचारमा.....

No comments:
Post a Comment