लिम्बुवानको सहयोग ककसलाई ? (आज गोरखा जाँदै)
“रातदिन १ सय २५ जना ‘अन द स्पोट’ खटिरहेका छौं ।” संघीय लिम्बुवान पार्टी, नेपालका सचिवालय सदस्य तथा उपत्यका लिम्बुवान भोलिन्टियर्सका इन्चार्ज दुर्गाराज लिम्बूले भने, “सरकारले पनि लिम्बुवान भोलिन्टियर्सको आवश्यता महसुस गर्यो भने हजार जना तयारीमा राखेका छौं ।”
यही वैशाख १२ गते दिनको ११.५६ बजे गोर्खा जिल्लालाई केन्द्रबिन्दु बनाएर आएको ७.६ रेक्टर स्केलको महाभूकम्पले ८ हजारभन्दा बढी मानिसको ज्यान लियो । लाखौंको सङ्ख्यामा घाइते भएका छन् । हजारौंको बिचल्ली भएको छ ।
भूकम्पपीडितहरुको उद्धारको लागि उपत्यकामा रक्तदान र राहत संकलन गर्न संघीय लिम्बुवान पार्टीका नौ जिल्ला र १८ वटै प्रवास कार्यसमिति लागेका छन् । 

घाइतेहरुका उद्धार र राहत वितरणका लागि संघीय लिम्बुवान पार्टी, नेपालले तीनवटा समूह बनाएर खटाएको थियो । ललितपुर लिल्ला कमान्डर दीपक खेवाले गोर्खाका लागि कमान्ड गरेका थिए भने लिम्बुवान भोलिन्टियर्स काठमाडौंका इन्चार्ज प्रेम तुम्साले धादिङ र सन्धिुपाल्चोकको लागि मिस्टेक माबुहाङले कमान्ड गरेका थिए । यसको सम्पूर्ण कमान्ड संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले गरिरहेका छन् ।
कहाँ कहाँ पुग्यो लिम्बुवान पार्टी ?
२१ गते ललितपुरको लेले गाउँमा उनीहरु उद्धारका लागि पुगेका थिए । उनीहरुले दलितहरुलाई विशेष केन्द्रित गरेर राहत सामग्री बाँडे । राहत बृद्धा र महिलाको हातमा थमाएका थिए । २३ गते धादिङको दार्खा र रीमा भन्ने ठाउँमा पुगे । २४ गते सिन्धुपाल्चोकको गरोटी र २९ गते सुन्दरीजल संचारीमा पुगेर राहत वितरण गरेका थिए । आज जेठ १ गते उनीहरु गोर्खा जाँदैछन् ।

ललितपुरको लेलेमा संघीय लिम्बुवान पार्टी, नेपालको राहत टोली पुगी भूकम्प पीडितमध्ये सुत्केरी, जेष्ठ नागरिक र दलितलाई प्राथमिकतामा राखेर त्रिपाल र ओछ्याउने माट्रिस वितरण गरेका थिए । यो सहयोग संघीय लिम्बुवान पार्टी, युके प्रवास कार्यसमितिबाट आएको थियो ।
पार्टीका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’सहित उपाध्यक्ष इन्द्र श्रेष्ठ, महासचिव सूर्य माखिम, सचिव अमृता थेबेलगायत केन्द्रीय समिति नै ‘संघीय लिम्बुवान उद्धार तथा राहत टिम’ परिचालनमा सहभागी छन् ।
समता पत्रिका बाट साभार.......
