संघिय शासन बारे :- डा. गर्नर भन्छ....."संघिय शासन एउटा यस्तो प्रणाली हो जसमा केन्द्रिय सरकार र राज्य सरकार एउटाई प्रभुत्व शक्ति (जनता) को अधिकार सहित हुन्छन / यी दुई सरकारहरु आ-आफ्नो क्षेत्रमा सर्वोच्च अधिकार सहित हुन्छन / यिनीहरुको अधिकार संबिधानमा स्पष्ट उल्लेख गरिएको हुन्छ / संघिय सरकार कहिल्यै पनि एक्लो केन्द्रिय सरकार मात्र हुदैन, संघिय सरकार जहिले पनि केन्द्रिय र स्वायत्त राज्य सरकार मिलेर बनेको हुन्छ / जसरी संघिय सरकारको एक भाग केन्द्रीय सरकार हो त्यसरी नै अर्को भाग राज्य सरकार हो, केन्द्रिय सरकारको शाखा राज्य सरकार होइन, केन्द्रीय सरकार र राज्य सरकार दुवै अन्तिम निर्णय गर्न सक्ने अधिकार प्राप्त सरकारहरु हुन् / स्वायत्त राज्य सरकारहरु केन्द्रीयद्वारा निर्मित र नियन्त्रित हुदैन /" वास्तवमा, संघीय शासनमा स्वायत्त राज्यहरुको अस्तित्व सदा कायम रहने गरि दुई तहको अधिकार सम्पन्न सरकारहरुको ब्यवस्त गरिएकोहुन्छ / केन्द्र सरकार र राज्य सरकारको अधिकारहरु एक अर्काले हस्तक्षेप गर्न पाउदैनन / साधारणतया, रक्षा, परराष्ट्र र मुद्रा सम्बन्धि अधिकार केन्द्र सरकारलाई र बाकी सम्पूर्ण अधिकार राज्य सरकारलाई दीइएको हुन्छ /