धेरैले भन्छन ,भन्थे -'' लिम्बुवान मात्र फुट्यो ,लिम्बुवान मात्र फुटछ |''
तर त्यस्तो होईन ,
सिंगो देश संक्रमणकाल बाट गुज्रिरहेको छ ,आन्दोलकारी शक्तिहरुको निश्चित बाटो बनि सकेको छैन ,सबै आ आफ्नै पाराले अघि बढिरहेका छन् ,सबैलाइ आ आफ्नो सोच तरिका ठिक लागेको छ |
सायद लिम्बुवानी आन्दोलनमा पनि त्यहि भयो ,अब कुन बाटो सही हो भनेर अन्तिम फैसला गर्ने जिम्मा लिम्बुवानी जनताको हो |
दार्शनिक रुपमा सबै मिल्ने कुरा सारै राम्रो हो तर ब्यबहारिक रुपमा त्यो निकै कठिन कार्य हो |
तर गर्ब लाग्ने कुरा ,
त्यत्रो टुटफुट ,चोइटाई को बाबजुद पनि मन्च सम्द्ब संघीय लिम्बुवान राज्य परिसद ले रास्ट्रिय र अन्तरास्ट्रिय स्तरमा लिम्बुवानको मुद्दा लाइ चर्चा बहस मा ल्याउन जो कोशिस गर्यो र गरिरहेको छ त्यो आफैमा महत्वपूर्ण रहेछ |
यसरि सबै लिम्बुवानी पार्टीहरुले कोसिस गरौ न ,आखिरी जनता कसैको पेवा हुदैन |राम्रो काम गरिन्जेल जनताले साथ दिने हो गलत गरे पछी साथ छोडने हुन् यो नियम सबैमा लागु हुन्छ |
तर केहि न केहि कार्य गरौ न सबै लिम्बुवानी पार्टीहरुले !
जस्तो ,मन्च सम्द्ब सलिराप ले केन्द्रीय मिटिंग पछी 'संघीयता र लिम्बुवान आन्दोलन सम्बन्धि अध्ययन सामग्री भाग १ 'निर्माण गरेर कम्तिमा २ सय ठाउमा प्रशिक्षण कार्यक्रम अढाई महिना भित्र सम्पन्न गर्ने तयारि गरेको छ |
जय लिम्बुवान ,संघीय अभिभादन |
